प्रयोगशालाको क्षमता र गुणस्तर बनाउँन आग्रह

सुदुर पश्चिम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदुर पश्चिम प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना नयाँ संक्रमितका बिरामी भेटिएसँगै त्यस क्षेत्रमा महामारी बढ्न सक्ने भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नुपर्ने माग गरेका हुन ।

त्यस्तै, नेता लेखकले सरकारले लकडाउनलाई कडा गरी पालिकामासमेत आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाईका साथ लागू गर्न सरकारलाई अनुरोध गरेका छन् । यसै सन्दर्भमा सुदुर पश्चिमको पछिल्लो अवस्था र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखक र स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबिच टेलिफोनमार्फत कुराकानी भएको छ ।

कुराकानीका क्रममा नेता लेखकले सुदुर पश्चिममा लाखौँको संख्यामा छिमेकी मुलुकबाट स्वदेश आएका र प्रयोगशाला, उपकरण र जनशक्तिको अभावका कारण न्यून संख्यामा मात्र परिक्षण भएकोले दैनिक कम्तिमा ५०० जनासम्मको परिक्षणको व्यवस्था मिलाउन आग्रह गरेको र मन्त्री ढकालले पनि उक्त आग्रहलाई सकारात्मक रूपमा लिएर सुदुर पश्चिममा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था तथा परिक्षणको दायरा बढाउन सरकारले आवस्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएको लेखकका स्वकिय सचिव जनक भट्टले जानकारी दिए ।

प्रतिक्रिया