पारस खड्काले दिए कप्‍तान पदबाट राजिनामा

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिम नेपालका कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान पदबाट राजिनामा दिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई निलम्बन फुकुवा गरेको दोस्रो दिन खड्काले राजिनामा दिए ।

उनले सन् २००९ बाट राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हाल्दै आएका थिए । पारसकै कप्तानीमा नेपालले सन २०१४ को टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

प्रतिक्रिया