वाल गायक प्रितम आर्चाय सदभावना दुत घोषणा

इटहरी । इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ । आज एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वाल सद्भावना दुत घोषणा गरिएको पत्र प्रदान गरे । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाएर सम्मान गरे ।

कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको बताए । उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको जानकारी दिए । प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे ।

वालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सर्पोट र मायाप्रति धन्यवाद दिए । सयअघि भारतको रियालिटी शो प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।

पाल गायक आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी शो ‘सारेगम लिटिल च्याम्स’ मा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन् ।

प्रतिक्रिया