१८औँ सशस्त्र प्रहरी दिवस मनाइयो

दोलखा । १८आैँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर १८ नम्बर गुल्म दोलखाले चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा जिल्ला न्यायाधीश कमलराज विष्टले सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र दैवी विपत्तीका घटनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । त्यसैगरी प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले पनि सशस्त्र प्रहरीको भूमिकाले दंगा नियन्त्रण र दैवी विपत्तीमा सहयोग पुगेको बताए ।

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर १८ नम्बर गुल्म दोलखाका गुल्मपति प्रहरी नायव उपरीक्षक किरणकुमार कठायतले सशस्त्र प्रहरीले अहिले नेपाल, भारत र चीनसँगको सिमानामा सुरक्षा दिने, दंगा नियन्त्रणमा परिचालित हुने, दैवी विपत्तिका घट्नामा परिचालित हुने लगायतका गतिविधिहरू गरिरहेको जानकारी दिएका छन् ।

कार्यक्रममा रणभीम गणका निमित्त गणपति सेनानी रोशन गुरुङ, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बासुदेव पाठक, सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पा, विभिन्न कार्यालयका प्रमुख, उद्योगी, व्यवसायी, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया