दोहोरी प्रतिष्ठानले केन्द्रिय भवनको जग खन्ने

बाबुराम सिग्देल, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालले केन्द्रिय भवनको जग छिट्टै खन्ने भएको छ । केन्द्रिय कार्यालय भवन निर्माणको सहयोगार्थ प्रतिष्ठानले यस तिहारमा देउसिभैलोको आयोजना गरेको थियो ।

सोही देउसीभैलो कार्यक्रममा विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट गिटी, बालुवा, रड, सिमेन्ट गरेर नगदसहित करिब ३० लाखको हाराहारीमा संकलन भएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्रि पंगेनीले बताएका छन् । भवन निर्माणको लागि छुट्टै समिति बनिसकेको छ, मंसिर पाँच गते समितिको बैठक बस्नेछ, सोही बैठक पछि छिट्टै भवनको जग खनिने छ, ‘अध्यक्ष पंगेनीले भने ।

काठमाडौँ स्थित धापासी जाने बाटो र बसुन्धराको बिचमा भवनको लागी जग्गा खरिद गरिसकेको र नक्सा पनी पास भइसकेर शिल्यान्याश गरी भवनको जग खन्न मात्रै बाँकी रहेको केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बि.जी ले बताए । त्यस्तै प्रतिष्ठानको कोरिया र जापान शाखाबाट पनि देउसिभैलोको आयोजना गरेर भवन निर्माणको लागी सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुका साथै कतार शाखाबाट पनी सहयोग गर्ने भएको बि.जी ले बताए ।

प्रतिष्ठानका पुर्व अध्यक्षहरु, सल्लाहाकार तथा संस्थाका विभिन्न व्यक्तिहरुले पनी सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको बरिष्ठ उपाध्यक्ष बि.जी ले बताए । प्रतिष्ठान उपत्यका समन्वय समितिले पनी अवार्ड कार्यक्रम र सोही भवन निर्माण सहयोगको लागी देउसिभैलोको आयोजना गरेको समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले बताए ।

प्रतिक्रिया