भुइँमान्छेको त्यो गीत : ‘एन्ड जस्टिस फर अल’

लन्डन । संगीतका धेरै स्वरुप हुने गरेको छन्् । पूर्वेली सस्कृतीमा रमाउनेका लागि शास्त्रीय संगीत नै मुल आधार मानिन्छ । नेपालको सेरोफेरोमा संगीतको मूल स्रोत भनेको नै शास्त्रीय संगीत हो । यसैको सेरोफेरोमा गजल, अन्य मेलोडियस गीत र लोक संगीतसम्म आइपुग्दा पूर्वेली संगीत फरक फरक रूप लिए ।

हिपहप शैली र रक संगीतको प्रभाव पनि नेपालमा पर्न थालेको छ । गएको १ दशकमा दिवंगत यम बुद्ध र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायतका सफलताको चर्चा व्यापक भएको थियो । यमबुद्धपछि हिपहप शैली नेपालमा त्यति चलेको छैन ।

उस्तै व्यक्तिलाई हिपहप र मेटल मन पर्ने भएका कारण हिपहपको लोकप्रियतासँगै मेटल छायामा पर्न थलेको चर्चा नचलेको होइन । तथापि मेटलमा रमाउनेहरू एक पटक यसमा रमाउन थालेपछि सितिमिति पन्छने भने छैनन् ।

सन् १९८८ को कुरा हो । रोस हल्फिनले मेटालिकाको रूपमा केही नयाँ भइरहेको चर्चा सुने । त्यसै समय ‘मन्सटर अफ द रकको रूपमा उनीहरू एउटा टुरमा थिए । त्यस टुरमा भान हालेन, स्कोपीयन र डोकेन समावेश थिए ’ हल्फिन विगत सम्झिन्छन्,‘ न्युयोर्कको त्यो विशाल रंगशालामा कन्सर्ट भई रहेको थियो । मेटल सुरु हुने समयमा आधा दर्शक उठेर गई सकेका थिए । आधा दर्शकको माझमा मात्र मेटल सुरु भयो । सुरु भई सके पछि त रहेका मध्य धेरैले वाह नै भने ।’

हो सन् १९८८ पछिको त्यसै्र समय देखिे हेभी मेटल ब्यान्डले थप लोकिप्रता लिएको जनाइन्छ । यस पछि बजारमा ल्याएका ३ हेभी मेटलका एल्बमको आलोचना नै भयो । चौथोको रूपमा ‘एन्ड जस्टिस फर अल’ ले त सनसनी फैलायो । सगीत मार्फत भुईँ मान्छेको आवाजको रूपमा त्यो एल्बम चर्चामा रहेको थियो ।
१९९१ को १२ अगस्टको दिन यसले आफ्नै नाममा मेटालीका एल्बम बजारमा ल्याएको थियो ।

मेटालीकाको कभरको कारण समर्थकहरूले यसलाई ब्ल्याक एल्बम भन्न थाले । यो एल्बम भिन्न ब्यान्ड स्टाइलको थियो । शान्त सगीतबाट कडा मेटलको रूपमा अन्त्य हुने यसको प्रकृति थियो । हल्फिनकै विचारमा त्यो एल्बमका धेरै कुरा नियन्त्रणमा थिए । रेडियामा सुन्दा मजा आउने तथा परिष्कृत रहेको पनि हल्फिन बताउँछन् । त्यही ब्ल्याक एल्बम तयार भएर रिलिज भए यताको एक दशक हल्फिन मेटालीकाको कन्सर्टमा गए । गीतहरूको रेकर्डिङमा गए र एक दशक सँगै रहेर आफ्नो पेसालाई अगाडी बढाए । यस क्रममा उनले मेटालीकालाई नजिकबाट बुझ्ने अवसर पनि पाए ।

उनको नयाँ पुस्तक ‘मेटालीका : द ब्ल्याक एल्बम इन ब्ल्याक एन्ड ह्वाइट’ मा मेटालीकाको उदय कालको राम्रोसँग वर्णन गरिएको छ । हल्फिनका अनुसार सुरुवातमा यो एउटा विग ब्यान्डको रूपमा बाहिर आउने चाहिँ रहेको थियो । पछि यो एल्बममा सीमित नभएर रगशालाको कन्सर्टमा पनि एकदमै सक्रिय रह्यो ।

हल्फिनको पुस्तकमा यस अघि कहिले पनि मेटालीकाका बारे प्रकाशित नभएका तस्बिरहरू राखिएका छन् । मेटालीकाले विभिन्न स्थानमा गरेको प्रदर्शनहरूको सँगालो पनि हल्फिनको पुस्तकमा छ । अगस्ट १९९१ देखि जुलाई १९९३ सम्मको कन्सर्टको फोटो त्यस पुस्तकमा धेरै समावेश गरिएका छन् । यस बिचमा संसारमा नै मेटलीकाको सनसनी थियो ।

हल्फिनले आफ्नो क्यारियरमा विश्व सङ्गीतमा धेरै मिथक व्यक्तित्व तथा ब्यान्डहरूसँग सहकार्य गरे । उनले काम गरेका सङ्गीतकर्मीहरूका लेड जिपसीन ,एसी डीसी, पाउल म्याकर्टनी, एरोस्मिथ, भान हालेन, सहित सगीतमा स्थापित द हु लगायत छन् ।

मेटालीकाका ड्रमर लार्स उलरीच हल्फिनबाट नै फोटो खिच्न चाहन्थे । यसको कारण प्रस्ट थियो । उनीहरू आइरन मेडनको समर्थक थिए । हल्फिन आइरन मेडनका पनि फोटोग्राफर थिए । हल्फिनले नै आइरन मेडनको कभर तयार गर्दै यसको फोटो खिच्न सुरु गरेका थिए ।

क्यालिफोर्नियाको ठिक बाहिर हल्फिन आइरन मेडनसँगै एलसेरिटोमा पुगेका थिए । त्यहाँको रमणीय वातावरणको उनलाई अझ स्मरण छ । जब हाल्फिनले पहिलो पटक मेटालीकाको फोटो लिई रहेका थिए । यसका धेरै जना एसीडीसी सर्ट तथा भिन्न खालको टिसर्ट पहिरिएका हुन्थे । यसरी भिन्न भिन्नै स्वरूपमा उनीहरूलाई देख्दा हल्फिन अचम्ममा पनि परेका थिए । हल्फिनकै विचारमा मेटालीकालाई लोकप्रिय बनाउन त्यस ब्यान्डका हरेक सदस्यको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

‘बाटोमा बच्चाहरू पनि उनीहरूसँग आकर्षित भई रहेको हुन्थे । किनभने उनीहरू बच्चा जस्तो नै देखिन्थे । अथवा ग्यारेजमा बसेर गीत गाउने जस्तो देखिन्थे । ’विश्व सगीतमा सनसनी फैलाउने ती व्यक्तिका बारे हल्फिन बताउँछन् , ‘अहिले मानिसहरू जे सोची रहेका छन्, उनीहरू त्यो थिएनन् । उनीहरू लामो कपाल भएका लोभलाग्दो बच्चा झैँ देखिन्थे ।’

जब बच्चाहरूले उनीहरूलाई कन्सर्टमा देख्थे, आफ्नै प्रतिबिम्ब ठान्थे । जब ब्ल्याक एल्बमको युग सकियो यो समूह एकदमै बढी आम विश्वासी तथा एकदमै बढी सन्तुष्ट थियो । उनीहरूको पहिचान यस्तो थियो की सायद यो समूहको नाम नसुन्ने युवा पाउन नै कठिन थियो ।

हल्फिनकै नयाँ किताबमा सबै ब्रान्ड सदस्यका बारे पनि उल्लेख गरिएको छ । यो ब्ल्याक एल्बममा उल्सर्चका साथै जेम्स ह्याटमिफल्ड, कर्क हमेस्ट र जेसन न्यु स्टीड थिए । यसै पुस्तकमा मेटालीकाका पछिल्लो समयका सदस्य रोबर्ट ट्रजीलोको बारे पनि उल्लेख गरिएको छ ।

संसारको संगीत धेरै दिशामा जान सक्छ । तर, भुइमान्छेको आवाज बोल्ने ‘एन्ड जस्टिस फर अल’ व्यापक चर्चामा आएको थियो । सायदक विश्व संगीतमा त्यो एउटा क्रान्ती नै थियो ।

प्रतिक्रिया