गजल


जय गौडेल

यसैगरी जीवनसँग जुध्नुपर्छ भन्छन्
पैला खुट्टा बाँध्छन् अनि कद्नुपर्छ भन्छन्

आफ्नो पक्ष बनाउनलाई षडयन्त्रमा पारी
पैला जेल हाल्छन् पछि छुट्नुपर्छ भन्छन्

सङ्लो पानी धमिल्याई माछा मार्नेहरू
आफै फुट ल्याउँछन् अनि जुट्नुपर्छ भन्छन्

नयाँ शासन नयाँ चलन सजाय त्यो दिने
चर्को घाममा उभ्याएर रुझ्नुपर्छ भन्छन् ।

प्रतिक्रिया