युट्युव ट्रेन्डिङमा नरेश खातीको ‘आउनुन फर्केर’ (भिडियो)

काठमाडौंं । लोकदोहोरी गायक नरेश खातीको नयाँ गीत ‘आउनुन फर्केर’ सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङमा उक्लिएको छ । मेक्सम नरेश अफिसियल यूट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको ‘आउनुन फर्केर’ गीत छोटो समयमै ट्रेन्डिङमा उक्लिएको हो ।

नेपाली समाजको प्रदेशी पीडालाई ‘आउनुन फर्केर’ गीतमा शब्दमार्फत दर्शाएको छ । यो समाचार तयार पार्दासम्म उक्त गीतको म्युजिक भिडियो यूट्युबमा एक लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा दर्शकले सकरात्मक प्रतिक्रिया जनाएका छन् ।

नरेश खातीकै शब्द सृजना र संगीत रहेको ‘आउनुन फर्केर’ गीतमा आशा बिसी र सुर्खेतकी बाल गायिका प्रिती बिकले साथ दिएकी छन् । नरेश खातीकै निर्देशनमा निर्माण भएको म्युजिक भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका छन् ।

‘आउनुन फर्केर’ गीतको म्युजिक भिडियोमा नरेश खातीसँगै, आशा बिसी, प्रिती बिक, रुपेश आले, मानबहादुर परियार, रोशन भुषाल र बलबहादुर खाती देखिएका छन् ।

प्रतिक्रिया