पदीय दाईत्व पुरा नगर्ने वन अधिकृतको सरुवा

दाङ, २ जेठ । दाङको एक सामुदायिक वनमा अवैध रुख कटानीमा संलग्न रहेको आरोप निलम्वनमा परेका इलाका वन कार्यालय गढवाका प्रमुख अमरकान्त झाको धनुषा सरुवा भएको छ ।
देउखुरी, गंगापरस्पुर—१ स्थित सालझण्डी सामुदायिक वन क्षेत्रमा फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य तथा समुहकी अध्यक्ष शारदा चौधरी र झाको मिलोमतोमा अवै रुख कटान भएको थियो ।
सामुदायिक वनमा रुख कटान गरेको गुनासो आएपछि वन मन्त्रालयले झालाई निलम्वन गरेको थियो । निलम्वनमा परेको तीन महिनापछि झालाई जिल्ला वन कार्यालय धनुषामा सरुवा गरेको स्रोतले जनाएको छ ।
गत माघ महिनामा तत्कालिन वनमन्त्रीको निर्देशनमा वन कर्मचारी र वन समूहका अध्यक्ष चौधरीको संलग्नतामा ८९ वटा सालका करिव तीन हजार क्यूविक फिट काठ काटिएको थियो ।
यसैवीच अवैध ढंगले काठ कटानीमा बिवादमा मुछिएको चौधरी नेतृत्वको पुरानो कार्यसमितिलाई हटाएर साधारणसभाले शालिकराम यादवको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।

प्रतिक्रिया