लोकतन्त्रले प्रेसमा चुनौती थपेको छः गाउँले

विराटनगर, २९ वैशाख । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले लोकतन्त्रले सञ्चारमाध्यमममा चुनौती थपेको वताएका छन् ।

विराटनगरमा आज कार्यक्रममा उनले लोकतन्त्र आएपछि प्रेस र अभिव्यक्ति स्वतन्त्रता झन् खतरामा परेको दाबी गरे ।

उनले नयाँ संविधानको मस्यौदामा दलहरुले कानून बनाएर नियन्त्रण गर्न सक्ने भन्ने शब्दावली राखेर प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन प्रमुख दलहरु लागि रहेको आरोप लगाए । ‘संविधानमा यस्ता शब्दावली राखिएमा प्रेस स्वतन्त्रता कुष्ठित हुने छ’, उनले भने, ‘दलहरुले प्रेस स्वतन्त्रता अपहरण गर्ने कार्य कसैले नगरुन ।’

राजनीतिक तरलताको अवस्थामा पत्रकारले समाजलाई संयमित बनाउने दिशातर्फ भूमिका खेल्नुपर्ने बताउँदै अध्यक्ष गाउँलेले आलोचनात्मक दृष्टिकोणलाई गालीगलौच र असंहिष्णु बनाएर प्रेसले लेख्न नहुने बताए । सौर्य

प्रतिक्रिया