कटारी गोल्ड कप : माइभ्याली सेमिफाइनलमा

katari gold cup my valleyउदयपुर, ३ चैत । म्याइभ्याली क्लब इलाम सिभिल होम्स दोस्रो कटारी गोल्डकपको सेमिफाइनलमा बुधबार प्रवेश गरेको छ । कटारीमा जारी पहिलो चरणको अन्तिम खेलमा इलामको माइभ्याली क्लब सप्तरी जिल्ला फुटबल संघलाई स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । म्याइभ्यालीले सप्तरी जिल्ला फुटबल संघलाई २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा जित हात पारेको म्याइ भ्यालीलाई सप्तरीले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको केही समयमा नै माइभ्यालीले खेलमा अग्रता लियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफको ५५औँ मिनेटमा माइभ्यालीका पासाङ लिम्बूले गोल गर्दै अग्रता दिलाए । त्यससँगै सप्तरी १ गोलले पछिपरेको थियो । तर, भ्यालीले सप्तरीविरुद्ध दोस्रो गोल गर्दै खेलमा फर्कने अवसर कम ग¥यो । माइभ्यालीका विकेस लिम्बूले ७९औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि बाँकी समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि माइभ्यालीले जित हात पा¥यो । खेलको म्यान अफ द म्याच माइभ्यालीका छिरिङ गुरुङ घोषित भए ।

बिहीबारको पहिलो सेमिफाइनल खेल आयोजक कटारी–११ र सशस्त्र प्रहरीको विभागीय टिम एफिएफबीच हुनेछ । अर्काे सेमिफाइनल फ्यान्स क्लब भुटान र माइभ्याली क्लब इलामबीच हुने आयोजकले जनाएको छ । ७ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले ७५ हजारका साथमा ट्रफी हात पार्नेछ ।

प्रतिक्रिया