श्रावण (९–१५) साप्ताहीक राशिफल

साप्ताहिक राशिफल

मेष राशि– (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)– यस राशि हुनेका लागि यो साता कुनै कार्य गर्दा सुझबुझका साथ गर्नुहोला, आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्नेछ पारिवारिक वादविवादका साथै असमझदारी बढ्ने देखिन्छ । अनावश्यक खर्च बढने, प्रेममा सफलता, स्वास्थ्यमा रक्तसम्बन्धी समस्या बढ्ने, धारिलो बस्तुबाट चोटपटक लाग्न सक्नेछ ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यस राशि हुनेका लागि यो साता कुनै पनि नयाँ कार्य गर्दा शान्त, सोचविचार गरेर मात्र अगाडि बढ्नुपर्ने देखिन्छ । कार्यमा मन नलाग्ने, अल्छीपन देखापर्नेछ । परिवारमा धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । खर्च बढ्न सक्नेछ । मानसिक चिन्ता, वादविवादमा फस्न सकिने छ भने मनमा अनेक किसिमका चञ्चलता पन आउन सक्नेछ । जागिर पेसामा झन्झट विवाद आउन सक्नेछ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह) – यस राशि हुनेका लागि यो साता मानसिक तनाव बढ्ने, कार्य अस्थिर रहने छ । साझेदारी कार्यमा नोक्सान बढ्ने छ । नयाँ कार्यको थालनी गर्नु त्यति शुभ रहेको छैन । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । आयभन्दा खर्च बढने देखिन्छ । मानसिक तनाव बढ्ने देखिन्छ । यात्रा प्राप्त भएता पनि यात्रा हानिकारक रहेको छ ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – यस राशि हुनेका लागि यो साता घरपरिवारमा अनावश्यक तनाव चञ्चलता बढ्न सक्छ । कुनै कार्य गर्दा धैर्य अपनाउनुपर्ने देखिन्छ । रोकिएका कार्यहरू सम्पन्न हुँदै जानेछन् । व्यापार व्यवसायमा लाभ मिल्नेछ । आयभन्दा खर्च बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा मतभेद बढ्न सक्नेछ । मौसमी तथा चिसोसम्बन्धी समस्याले सताउने देखिन्छ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यस राशि हुनेका लागि यो साता ऊर्जाशील समय हुनुका साथैं आत्मविश्वास बढ्नेछ । समाजमा सम्मान बढ्ने देखिन्छ । नयाँ आम्दानीका बाटाहरू प्रशस्त देखा पर्नेछन् । अध्ययन क्षेत्रमा सफलता प्राप्त भएता पनि खर्च बढने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट रहेको छ । शारीरिक थकानको महसुस हुनेछ । टाढाको यात्रासमेत प्राप्त हुनेछ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यस राशि हुनेका लागि यो साता सामाजिक पारिवारिक क्षेत्रमा मानइज्जत प्रतिष्ठा बढ्ने छ । कार्यमा स्थिरता आउनुका साथै आर्थिक लाभ हुनेछ । प्रतियोगी परीक्षामा राम्रो प्रगति हुनेछ । आर्थिक पक्ष्य मजबुत हँुदै जानेछ । मौसमी रोगले सताउने देखिन्छ । शैक्षिक तथा धार्मिक यात्रा प्राप्त हुने देखिन्छ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त)– यस राशि हुनेका लागि यो साता सामाजिक मान प्रतिष्ठा बढ्ने देखिन्छ । कुनै पनि निर्णय लिँदा सोचविचार पुराएर मात्र अघि बढ्नुपर्ने देखिन्छ । कार्यमा सुधार मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । कुनै पनि सामुहिक कार्य गर्दै हुनुहुन्छ भने लाभ हुनेछ । प्रेममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । पेटसम्बन्धी समस्याले सताउने देखिन्छ । टाढाको यात्रा फलदायी हुनेछ ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू)– यस राशि हुनेका लागि यो साता कार्यहरू बिस्तारै सफलताको मार्गमा जानेछन् । साझेदारी कार्यमा लाभ मिल्नेछ । फसेको धन अचानक प्राप्त हुनेछ भने आर्थिक पक्ष्य मजबुत हुँदै जानेछ । प्रेम तथा दाम्पत्य जीवनमा खटपटको सामना गर्नुपर्ने देखिन्छ । मानसिक तनाव बढ्ने देखिन्छ । व्यापारिक कार्यको सिलसिलामा टाढाको यात्रा गर्नुपर्ने देखिन्छ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यस राशि हुनेका लागि यो साता धार्मिक परोपकारी कार्यमा सरिक हुनुका साथै नकारात्मक कुराहरू हटेर जानेछन् । कार्यमा आत्मविश्वास बढ्ने छ । अध्ययन कार्यमा रहनेहरूलाई शुभ रहेको छ । विद्यार्थीका लागि वैदेशिक यात्रासमेत रहने देखिन्छ । नयाँ आर्थिक स्रोतका बाटाहरू देखा पर्नेछन् । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहेको छ । स्वास्थ्यमा सुधारसमेत आउने छ । पेटसम्बन्धी समस्याले सताउने देखिन्छ । धार्मिक तथा वैदेशिक अध्ययनको यात्रा रहनेछ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यस राशि हुनेका लागि यो साता कुनै पनि कार्य गर्दा धैर्यताअनुसार अघि बढ्नुपर्ने देखिन्छ । कार्यमा सफलता हुनुका साथै गरेको कार्य फलदायी हुनेछ । समाजमा मानसम्मान प्राप्त हुनेछ । सरकारी क्षेत्रमा रहनेहरूलाई लाभदायक समय रहेको छ । आर्थिक क्षेत्रमा सुधार आउने छ । आर्थिक कारोबार गर्दा सोचविचार गर्नुपर्ला । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । घुँडा, हड्डीमा समस्या देखापर्नेछ भने पारिवारिक यात्राको अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द)– यस राशि हुनेका लागि यो साता सजग रहनुपर्नेछ । बौद्धिक क्षेत्रमा प्रभावकारिता बढ्ने देखिन्छ । शैक्षिकसम्बन्धी काम गर्नेहरूलाई सफलता मिल्नेछ । आर्थिक पक्ष्यमा सुधार हुँदै जानेछ । अनावश्यक खर्च बढ्ने हँुदा सावधानी अपनाउनुपर्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ । मानसिक चिन्ता बढ्ने देखिन्छ । यात्रा प्राप्त भएता पनि यात्रा लाभदायक नै रहने देखिन्छ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यस राशि हुनेका लागि यो साता आत्म बल बढ्दै जानेछन् । बिग्रिएका सम्बन्धमा सुधार आउने छ । अध्ययन कार्यमा सरिक रहनेहरूलाई लाभदायक समय रहेको छ । साझेदारी कार्यमा लाभ हुनेछ । धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ भने स्वास्थ्यमा चिसोसम्बन्धी समस्याले सताउने देखिन्छ । धार्मिक यात्राको अवसर प्राप्त हुने देखिन्छ ।

प्रतिक्रिया