
मेष राशि–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यस राशि हुनेका लागि यो साता स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । आर्थिक पक्ष मजबुत हँुदै जाने देखिन्छ । वैदेशिक यात्राको अवसर प्राप्त रहनेछ । नयाँ किसिमको व्यापारको सुरुआत गर्नु अति उपयुक्त समय रहेको छ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यस राशि हुनेका लागि यो साता कुनै पनि पेसा व्यवसायमा बढी ध्यान दिनुपर्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा खटपटको अवस्था आउने देखिन्छ । आयभन्दा बढी खर्च हुने देखिन्छ । सरकारी क्षेत्रबाट कुनै काम गर्दै हुनुहुन्छ भने ढिलासुस्तीको अवस्था रहने देखिन्छ ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशि – यस राशि हुनेका लागि यो साता बोलीमा प्रभावकारिता बढने देखिन्छ । साथीभाइबाट साथ सहयोग मिल्नेछ । अध्ययन कार्यमा सफलता मिल्नेछ । आयभन्दा खर्च बढने देखिन्छ ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – यस राशि हुनेका लागि यो साता कुनै पनि कार्य गर्दा कुनै निर्णय लिनुपर्दा पारिवारिक सरसल्लाह लिएर कार्य गर्नुभयो भने अति राम्रो हुनेछ । कुनै पनि क्षेत्रमा नोकरी गर्दै हुनुहुन्छ भने अति शुभ समय रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ भने मानसिक चिन्ता हटने देखिन्छ ।
सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यस राशि हुनेका लागि यो साता मान्यजनको साथ आशीर्वाद सधैँ रहने देखिन्छ । व्यवसायमा लाभ रहनेछ । राजनीतिककर्मीलाई नेतृत्व क्षमतामा वृद्धि हुनेछ । आत्मविश्वास बढ्ने देखिन्छ ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यस राशि हुनेका लागि यो साता नयाँ किसिमको कार्यको सुरुआत गर्नु अति उपयोगी समय रहेको छ । परोपकारी तथा धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता हुने छ । साझेदारी पेसा व्यवसाय गर्नेहरूलाई अति उपयुक्त समय रहेको छ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त) – यस राशि हुनेका लागि यो साता मुद्दा मामिलामा रहनेहरूलाई लाभ रहेको छ भने सरकारी जागिर गर्नेलाई लाभ रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ । यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ चोटपटकको सम्भावना रहेको छ ।
वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यु) – यस राशि हुनेका लागि यो साता रोकिएका सम्पूर्ण कार्यहरू पूरा हुनेछन् । मित्रहरूको साथ सहयोग प्राप्त रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सम्बन्धमा सुधार आउने छ । टाढाको यात्राको अवसर प्राप्त हुनेछ ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यस राशि हुनेका लागि यो साता मानसिक तनाव हट्ने देखिन्छ । नयाँ किसिमको रोजगारीमा संलग्न हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता प्राप्त हुनेछ । रोकिएर रहेका धन सम्पति आउने थाल्नेछन् ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यस राशि हुनेका लागि यो साता साझेदारी काममा लाभ हुनेछ । आर्थिक पक्ष्य मजबुत हुँदै जानेछन् । पारिवारिक सुख मिल्नेछ । स्वास्थ्यमा क्रमिक सुधार आउने देखिन्छ ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो,द) – यस राशि हुनेका लागि यो साता कार्य सम्पन्न हुनेछन् । प्रेम तथा दाम्पत्य सुख राम्रो हुनेछ । नयाँ किसिमको व्यापार गर्नु अति उपयुक्त समय रहेको छ । माया मारिएको धन सम्पत्ति आउन सक्नेछ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यस राशि हुनेका लागि यो साता कम बोल्नु नै राम्रो होला । वादविवादमा फस्न सकिनेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । धार्मिक कार्यमा सरिक हुनुका साथै टाढाको यात्रा गर्नुपर्ने देखिन्छ । घरपरिवारमा राम्रो खबर सुन्न पाइनेछ ।
प्रतिक्रिया