तपाईको यो साता (२० असार – २६ असार २०८३)

मेष राशि–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यस राशि हुनेका लागि यो साता धेरै मिहिनेत पश्चात कार्य सफलता, कार्यमा ब्यस्थता, काममा परिणाम आउने, आर्थिक पक्ष्य मजबुत हुँदै जानेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यस राशि हुनेका लागि यो साता सम्बन्धमा विश्वास र समझदारी कार्य अगाडि बढाउनुपर्नेछ । नयाँ किसिमको कार्य लाभदायक हुनेछ । अनावश्यक खर्च बढ्ने छ । पेटसम्बन्धी समस्याले सताउने देखिन्छ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशि – यस राशि हुनेका लागि यो साता अध्ययनमा लाभदायक हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । ब्यापारमा लाभदायक हुनेछ । मित्र परिवारको सरसल्लाहबाट अगाडि बढ्दा लाभदायक नै रहने देखिन्छ ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)– यस राशि हुनेका लागि यो साता नयाँ कार्यको थालनी हुनेछ । तनाव बिस्तारै हट्दै जानेछन् । आर्थिक पक्ष्य मजबुत रहनेछ । टाढाको यात्राको अवसर प्राप्त हुनेछ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यस राशि हुनेका लागि यो साता मुद्दा मामिलामा विजय प्राप्त हुनेछ । विरोधी पक्ष्य परास्त हुनेछन् । पारिवारिक समाधान हँुदै जानेछ । मानसम्मान बढ्नुका साथैं आत्मविश्वास समेत बढ्ने देखिन्छ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यस राशि हुनेका लागि यो साता रोकिएका बाधाहरू हट्दै जानेछन् । नोकरी क्षेत्रमा रहनेहरूलाई पदोन्नति हुने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त) – यस राशि हुनेका लागि यो साता परिवारमा खटपट आउन सक्नेछ । बोल्दाखेरी सावधानी अपनाउनुपर्ने देखिन्छ । आयस्रोतका बाटाहरू प्रशस्त देखा पर्नेछन् । अध्ययनमा सफलता प्राप्त हुनुका साथै सफलता प्राप्त हुनेछ ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू) – यस राशि हुनेका लागि यो साता व्यापार क्षेत्रमा लाग्नेहरूलाई आर्थिक पक्ष्य मजवुत हँुदै जानेछ । समाजमा सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ । स्वास्थ्य अवस्थामा केही गडबढ हुनेछ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यस राशि हुनेका लागि यो साता मुद्दा मामिलाको पेसा गर्नेलाई लाभ रहनेछ । सरकारी क्षेत्रमा रहनेलाई पदोन्नतिसहित मानसम्मान प्राप्त हुनेछ । नयाँ व्यापार व्यवसायको सुरुआत गर्नु अति उत्तम रहेको छ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यस राशि हुनेका लागि यो साता वैदेशिक काम गर्नेलाई लाभ मिल्ने देखिन्छ । मानसिक तनावबाट बिस्तारै मुक्त हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहने देखिन्छ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द)– यस राशि हुनेका लागि यो साता साझेदारी पेसा व्यवसाय गर्नेलाई लाभ हुनेछ । आयभन्दा बढी खर्च बढ्ने देखिन्छ । आय स्रोतका बाटाहरू प्रशस्त देखा पर्नेछन् । आत्मविश्वास बढ्नुका साथै आँट हिम्मत बढ्ने देखिन्छ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यस राशि हुनेका लागि यो साता कार्य क्षेत्रमा उन्नति प्रगति हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ किसिमको व्यापार गर्नु अति नै उत्तम रहेको छ ।

प्रतिक्रिया