२०८३ असार महिनाको मासिक राशिफल

मेष राशि – (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यस राशि हुनेका लागि यो महिना रोगबाट मुक्त, सरकारी काममा सुख आनन्द प्राप्त, राज्यपक्षबाट सम्मान, धनसम्पत्ति प्राप्त, मुद्दामामिलामा विजय, सरल तरिकाले पनि कार्य सफल हुनेछ । दाजुभाइबीच सम्बन्धमा सुधार, सरकारी क्षेत्रमा प्रवेश गर्नेहरूका लागि शुभ रहेको छ ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यस राशि हुनेका लागि यो महिना खराब मान्छेका कारण कार्यमा अवरोध, बेइज्जतको सामना गर्नुपर्नेछ । कार्यमा अवरोधका साथै भय उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नुका साथै चिड्चिडाहटपन बढ्ने देखिन्छ । वादविवादमा फस्न सकिनेछ सम्पूर्ण कार्यमा अवरोध हुनेछ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह) राशि – यस राशि हुनेका लागि यो महिना धनको नाश, मानसम्मानमा कमी, स्वास्थ्यमा रक्त विकार टाउकोसम्बन्धी समस्याले सताउने देखिन्छ । खानपिनमा सजगता अपनाउनुपर्नेछ । आँटेका सम्पूर्ण कार्यमा अवरोध हुने देखिन्छ । आफन्तजनसित वादविवादमा पर्न सक्नेछ ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – यस राशि हुनेका लागि यो महिना घरदेखि टाढाको यात्रा गर्नुपर्ने देखिन्छ भने यात्रा प्राप्त भएता पनि यात्रा खर्चिलो हुनेछ । शिरसम्बन्धी समस्याले सताउने छ । आयमा अवरोध हुनुका साथैँ आयभन्दा खर्च बढी हुनेछ । पेटसम्बन्धी समस्याले सताउने हुँदा खानपिनमा सजगता अपनाउनुपर्नेछ । अपमान पनि सहनु पर्ला ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यस राशि हुनेका लागि यो महिना आर्थिक लाभ हुनेछ, स्वास्थ्यमा सुधार, परोपकारी कार्यमा संलग्न हुने अवसर प्राप्त होला । अध्ययनमा सफलता प्राप्त हुनेछ । रोकिएका धन प्राप्त हुनेछन् । सत्य कर्मबाट धन लाभ हुनेछ । राज्यपक्ष्यबाट कृपा प्राप्त हुनेछ । सरकारी क्षेत्रमा रहनेहरूलाई मानसम्मान प्राप्त हुनेछ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यस राशि हुनेका लागि यो महिना आफन्तजनसित सुमधुर सम्बन्ध रहने छ । सरकारी क्षेत्रमा रहने वा प्रवेश गर्न चाहनेहरूलाई अति उपयुक्त सुखद् समय रहनेछ । सामाजिक कार्य गर्नेहरूलाई इज्जत प्राप्त हुनेछ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त) – यस राशि हुनेका लागि यो महिना झुठा आरोप लाग्न सक्ने, रोग, मनमा अशान्ति हुनेछ । आयभन्दा खर्च बढ्ने देखिन्छ । अपमान हुनुका साथै डर उत्पन्न हुने देखिन्छ । नयाँ कार्य गर्नु त्यति शुभ रहेको छैन । सम्पूर्ण कार्यमा अवरोध हुने देखिन्छ ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू) – यस राशि हुनेका लागि यो महिना खराब कर्म गर्नतिर मन लाग्नेछ । झैँझगडा वादविवादमा फस्न सकिनेछ । शरीरमा पीडाको सामना गर्नुपर्ने देखिन्छ । खानपिनमा सजगता अपनाउनुपर्ने देखिन्छ । पेटसम्बन्धी समस्याले सताउने छ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यस राशि हुनेका लागि यो महिना दाम्पत्य जीवनमा खटपट वैमन्यस्यता उत्पन्न हुनेछ । घरपरिवारमा रोग शोकले सताउने देखिन्छ । टाढाको यात्रा प्राप्त भएता पनि यात्रा कठिन, कष्ठकारी, खर्चिलो यात्रा हुनेछ । शीरसम्बन्धी समस्याले सताउनुका साथै धन, मानसम्मानमा कमी हुनेछ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यस राशि हुनेका लागि यो महिना कार्य सिद्धि हुनुका साथै सुख प्राप्त हुनेछ । अन्न, वस्त्रसम्बन्धी काम कारोबार गर्नेलाई लाभ रहेको छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनुका साथै शरीरमा उमंग प्राप्त हुनेछ । अधिक लोभका कारण मानसम्मानमा कमीको महसुस हुनेछ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो,द)– यस राशि हुनेका लागि यो महिना मानसिक भ्रम तनाव उत्पन्न हुनेछ । वस्त्र शृंगारिकसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । राज्यपक्ष्यसित कुनै काम गर्दै हुनुहुन्छ भने कार्यमा अवरोध ढिलासुस्ती हुनेछ । टाढाको यात्रा गर्दै हुनुहुन्छ भने यात्रामा दुर्घटना चोटपटक लाग्न सक्नेछ भने अध्ययनमा अलि मिहिनेत गर्नुपर्ने देखिन्छ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यस राशि हुनेका लागि यो महिना मानसिक तथा शारीरिक तनाव बढने देखिन्छ । घरपरिवारमा वादविवादमा पर्ने देखिन्छ । घर गृहस्थीको विवादले आर्थिक, पारिवारिक तनाव बढ्ने देखिन्छ । यात्रा प्राप्त भएता पनि यात्रा खर्चिलो हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा खट्पट् बढ्ने देखिन्छ ।

प्रतिक्रिया