साप्ताहिक राशिफल (२३ जेठ – २९ सम्म, २०८३)

साप्ताहिक राशिफल

मेष राशि–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यस राशि हुनेका लागि यो साता राज्यको कारण धन हानि तथा नोक्सानी बेहोर्नुपर्ने देखिन्छ । मित्रजनसित वादविवाद बढ्न सक्नेछ । कुटुम्बसित टाढा रहनुका साथै वादविवादमा फस्न सकिने, अध्ययनमा अवरोध, सन्तानलाई हानि नोक्सानी हुन सक्नेछ ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यस राशि हुनेका लागि यो साता वृष राशिका स्वास्थ्यमा समस्या देखापर्नेछ । लकुटुम्बबाट सुख आनन्द प्राप्त हुने, मित्रजनबाट पूर्ण साथसहयोग प्राप्त हुनेछ । फलाम तेल, कोइलासम्बन्धी काम कारोबार गर्नेलाई आर्थिक लाभ हुनेछ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशि – यस राशि हुनेका लागि यो साता आँटेका सम्पूर्ण कार्यमा अवरोध, दाजुभाइसित विवाद हुनुका साथै मान हानि तथा रोजगारमा बाधा उत्पन्न हुनेछ । शारीरिक पीडाका साथै, कार्यमा असफलता हुनेछ भने नोकरी व्यवसायमा विध्नबाधा हुनेछ ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – यस राशि हुनेका लागि यो साता रक्तविकार बढ्नुका साथै कष्ट हुनेछ भने खराब मान्छेका कारण कार्यमा अवरोध हुनेछ । मुद्दामामिलामा विजयी प्राप्त हुनेछ । यात्रामा कष्ट हुनुका साथै धन नोक्सान हुनेछ । आयभन्दा खर्च बढी हुनेछ । धार्मिक यात्राको अवसर प्राप्त हुनेछ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यस राशि हुनेका लागि यो साता घर जग्गाको काम कारोबार गर्नेलाई नोक्सानका साथै सुरक्षा क्षेत्रमा रहनेहरूलाई हानि हुन सक्नेछ । टाढाको यात्रा प्राप्त हुनुका साथै यात्रा कठिन दुःखदायी हुनेछ । धनलाभ बोलीमा प्रभावकारिता बढ्ने छ । विलासी सामग्रीमा खर्च बढ्ने छ । कार्यमा अवरोध हुनुका साथै अपमानित हुने योग रहेको छ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यस राशि हुनेका लागि यो साता आँटेका सम्पूर्ण कार्यहरू सम्पन्न हुनेछन् । खाद्यान्न बस्तुको काम कारोबार गर्नेहरूलाई हानि नोक्सानी रहेको छ । भय उत्पन्न हुनेछ । प्रजनन्सम्बन्धी समस्या बढ्ने छ । बारम्बार यात्राको अवसर प्राप्त हुनेछ । मानसम्मानमा कमी हुनेछ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त) – यस राशि हुनेका लागि यो साता अपमान हुनुका साथै डर बढ्ने देखिन्छ । शरीरमा चोटपटक लाग्न सक्नेछ । राज्यपक्ष्यबाट भय त्रास बढ्ने छ । राज्यपक्ष्यबाट मानसम्मान प्रतिष्ठा प्राप्त हुनेछ । यात्रा प्राप्त भएता पनि यात्रामा दुर्घटना चोटपटक लाग्न सक्नेछ । विरोधी पक्ष्य परास्त हुँदै जानेछन् मुद्दा मामिलामा विजयी प्राप्तसमेत हुनेछ ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू) – यस राशि हुनेका लागि यो साता रोगबाट धन हानि हुनुका साथै पेसा व्यवसायमा तनावको अवस्था सृजना हुन सक्नेछ । मुद्दा मामिलामा विजय प्राप्त हुनेछ । भूमि, घर जग्गा, खनिजसम्बन्धी काम कारोबार गर्नेहरूलाई लाभ हुने देखिन्छ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यस राशि हुनेका लागि यो साता सुख प्राप्त, अन्न वस्त्रको लाभ, बिरोधी पक्ष्य परास्त, रोगको नास, सरकारी पक्ष्यबाट लाभ रहनेछ । सन्तानसम्बन्धी तनाब बढने छ । शरीरमा उमंग बढ्ने छ । टाढाको यात्रा प्राप्त भएता पनि यात्रामा कष्ट हुनेछ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यस राशि हुनेका लागि यो साता फलामसम्बन्धी काम कारोबारबाट लाभ हुनेछ । बिरोधी पक्ष्य परास्त हुँदै जानेछन् । नोकर चाकरबाट आर्थिक लाभ, मानसम्मान प्राप्त, धार्मिक तथा परोपकारी कार्यमा सुख मिल्नेछ । पराक्रम बढनेछ । फलामसम्बन्धी काम कारोबार गर्नेलाई आर्थिक लाभ हुनेछ । पशुचौपायासम्बन्धी काम कारोबार गर्नेलाई आर्थिक लाभ हुनेछ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द)– यस राशि हुनेका लागि यो साता आँट हिम्मतमा कमी हुनेछन् । आँटेका कार्य सरल तरिकाले सम्पन्न हुनेछन् भने घरमा मांगलिक कार्यमा सरिक हुने अवसरसमेत प्राप्त हुनेछ । नविन वस्त्र आभूषणबाट लाभ मिल्नेछ । बिनाकारण अनावश्यक झैझगडामा फस्न सकिनेछ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यस राशि हुनेका लागि यो साता खराब काममा मन लाग्नेछ । रत्न आभूषणसम्बन्धी काम कारोबार गर्नेलाई आर्थिक लाभ हुनेछ । मनमा अशान्ति बढ्ने छ । विरोधी पक्ष्यहरू परास्त हुनुका साथै मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । शारीरिक तथा मानसिक पीडा हुनेछ ।

प्रतिक्रिया