
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो पक्राउ परेका छन् । बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिवास–९ र वडा नं. ६ का स्थानीयवासीले दिएको निवेदनका आधारमा उनीविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
प्रहरीले अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने जनाएको छ । बैंकिङ कसुरमा करिब एक महिनाअघि नै पक्राउ पुर्जी जारी भए पनि महतो पक्राउ नपरेपछि प्रहरीमाथि प्रश्नसमेत उठ्न थालेको थियो ।
प्रहरीका अनुसार फरार सूचीमा रहेका महतोलाई खोजी गर्ने क्रममा बिहीबार बर्दिवास क्षेत्रबाटै पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ ।
प्रतिक्रिया