
काठमाडौं । उपभोक्ताहरूलाई सपिङको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ आगामी जुन १२ देखि १६ ९जेष्ठ २९ देखि असार १० सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘ग्लोबल कन्ज्युमर एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
आयोजक संस्था इभेन्ट सोलुसन प्रा। लि। ले एक प्रेस विज्ञप्ति जारी गर्दै मेलाको औपचारिक घोषणा गरेको हो । ‘सपिङको नयाँ ठेगाना’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस पाँचदिने व्यापार मेलाले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्ड, नवप्रवर्तनशील उद्यमी र हजारौं उपभोक्ताहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ ।
एक्स्पोको औपचारिक उद्घाटन जेष्ठ २९ गते अपरान्ह १ः०० बजे प्रसिद्ध कलाकार रिचा शर्माबाट हुने कार्यक्रम तय भएको छ । मेलाका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार यस प्रदर्शनको मुख्य उद्देश्य परम्परागत खुद्रा व्यापारभन्दा माथि उठेर उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष संवाद तथा व्यावसायिक नेटवर्किङ (B2B र B2C)का लागि एउटा बलियो प्लेटफर्म तयार गर्नु हो । मेलामा द्रुत उपभोग्य वस्तुहरू (FMCG),
घरेलु उपकरण, विद्युतीय सामग्री, फेसन परिधान, स्वास्थ्य तथा सौन्दर्य सामग्री, प्रविधि समाधान, हस्तकला तथा गरगहना लगायतका विभिन्न १५० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ । आयोजकले मेला अवधिभर ३५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरेका छन् । उपभोक्ताहरूलाई आकर्षित गर्न मेलामा विशेष छुट, लक्की ड्र, उपहार योजना र विभिन्न अफरहरू समावेश गरिएको छ ।
यस वर्ष भीड व्यवस्थापन र मर्यादित उपभोक्ताहरूको सहभागिता सुनिश्चित गर्न ५० रुपैयाँको सांकेतिक प्रवेश शुल्क सहितको व्यवस्थित प्रवेश प्रणाली लागू गरिएको प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न खल्ती एपमार्फत युनियन पे क्युआरबाट टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक र ‘एक्स्टीम इनर्जी ड्रिंक’ मा ४० रुपैयाँ छुट पाउने व्यवस्था समेत मिलाइएको छ ।
यस मेलालाई एक्स्ट्रिमले पावर्ड बाइ, आईटी जोन नेपालले सर्भिलेन्स पार्टनर, खल्तीले टिकटीङ पार्टनर र मेइन किड्सले मुख्य प्रायोजकका रूपमा साथ दिएका छन् । त्यसैगरी एनएमबि बैंक, नेपाल कफी उत्पादक संघ, नेपाल महिला उद्यमी महासंघ (FWEAN),ललितपुर तथा भक्तपुर उद्योग वाणिज्य संघ लगायतका विभिन्न दुई दर्जन व्यावसायिक संस्थाहरूले मेलालाई समर्थन गरेका छन् ।
प्रतिक्रिया