
मेष राशि – (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यस राशि हुनेका लागि यो साता घरपरिवारमा सम्बन्धमा सुधार, आत्मविश्वास बढ्ने, परिवारप्रति विशेष ध्यान जानेछ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यस राशि हुनेका लागि यो साता प्रेममा सफलता हुनुका साथै सामाजिक कार्यमा मन लाग्नेछ । मन स्थिर रहने, आर्थिक पक्ष्य मजबुत हुनेछ ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशि – यस राशि हुनेका लागि यो साता मूल्य मान्यतामा रहने, आत्मविश्वास बढ्ने, आर्थिक क्षेत्रमा सुधार आउने देखिन्छ ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) ः– यस राशि हुनेका लागि यो साता ब्यक्तिगत रूपमा समय धेरै बित्ने छ । प्रेम सम्बन्धमा सुधार, परिवार र साथीभाइसँग सम्बन्धमा सुधार आउने छ ।
सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यस राशि हुनेका लागि यो साता आत्मविश्वास बढने, सृजनात्मक कार्यमा समय धेरै बित्ने छ । बढी संघर्ष गर्नुपर्ने देखिन्छ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यस राशि हुनेका लागि यो साता स्वास्थ्यमा सुधार, सकारात्मक कार्यमा समय बित्ने छ । बिग्रिएको सम्बन्धमा सुधारसमेत आउनेछ ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त)– यस राशि हुनेका लागि यो साता सामूहिक कार्यमा बढी समय बित्ने छ । पारिवारिक साथसहयोग प्राप्त हुनेछ ।
वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू) – यस राशि हुनेका लागि यो साता मित्रजनहरूको साथ सहयोग प्राप्त हुनेछ । घरपरिवारको साथ सहयोगले आर्थिक पक्ष्य मजबुत हुनेछ ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) ः– यस राशि हुनेका लागि यो साता आयमा वृद्धि हुनेछ । आत्मविश्वास बढ्ने देखिन्छ । अध्ययन कार्यमा मन लाग्ने छ ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यस राशि हुनेका लागि यो साता उमंग बढनुका साथै सामाजिक प्रतिष्ठा बढने छ । दीर्घकालीन रोकिएका सम्पूर्ण कार्य सम्पन्न हुनेछन् । समाजमा प्रतिष्ठा बढ्ने देखिन्छ ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द) – यस राशि हुनेका लागि यो साता सेयरसम्बन्धी काम कारोबार गर्नेलाई लाभ रहने छ । मित्रजनसित भेटघाट हुनेछ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यस राशि हुनेका लागि यो साता घरपरिवारमा सम्बन्धमा चिसोपन आउनेछ । दाजुभाइसित मनमुटाव बढ्ने देखिन्छ ।
प्रतिक्रिया