तपाईको यो साता (असार १३–१९ २०८३)

साप्ताहिक राशिफल

मेष राशि–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यस राशि हुनेका लागि यो साता आत्मविश्वास बढ्ने छ, नयाँ जिम्मेवारी आउन सक्नेछ । पारिवारिक सम्बन्धमा सुधार, स्वास्थ्य अवस्थामा पनि सुधार पनि आउनेछ ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यस राशि हुनेका लागि यो साता सेयर कारोबारमा शुभ रहेको छ । सरकारी क्षेत्रमा रहनेहरूलाई प्रतिस्पर्धा बढ्ने छ । पारिवारिक जीवनमा कलह बढ्ने देखिन्छ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशि – यस राशि हुनेका लागि यो साता अध्ययन कार्यमा सफलता प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । वैदेशिक यात्राको अवसर प्राप्त रहला ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – यस राशि हुनेका लागि यो साता मानसिक तनाव बढ्ने देखिन्छ । ब्यापारमा फाइदा हुने देखिन्छ । सन्तानसँग सम्बन्धमा बलियो हुनेछ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यस राशि हुनेका लागि यो साता पेसा व्यवसायमा परिवर्तन हुन सक्नेछ । खर्च बढ्ने देखिन्छ । मानसिक तनाव बढ्ने देखिन्छ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यस राशि हुनेका लागि यो साता साझेदारी काममा फाइदा देखिन्छ । स्वास्थ्यमा सुधार रहने छ । प्रेम तथा दाम्पत्य सुख रहने देखिन्छ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त) – यस राशि हुनेका लागि यो साता आयका बाटाहरू प्रशस्त देखा पर्नेछन् । परिवारमा खुसियाली छाउने छ । सामाजिक मानसम्मान बढ्ने देखिन्छ ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू) – यस राशि हुनेका लागि यो साता मनमा चञ्चलता बढ्ने छ । स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ । यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यस राशि हुनेका लागि यो साता रोकिएका कार्यहरू सम्पन्न हुनेछन् । आत्मविश्वास बढ्ने देखिन्छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यस राशि हुनेका लागि यो साता कामका चाप बढ्ने छ । पैत्रिक सम्पत्तिमा विवाद बढ्ने देखिन्छ । बोलीचालीमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द) – यस राशि हुनेका लागि यो साता आर्थिक पक्ष्य मजबुत हुने छ । आर्थिक स्रोतका बाटाहरू प्रशस्त देखा पर्नेछन् । मानसम्मान बढ्ने देखिन्छ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यस राशि हुनेका लागि यो साता पारिवारिक वातावरण सुखद् रहनेछ । नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ । मित्रजनसित भेटघाट हुनेछ ।

प्रतिक्रिया