फिदिम– २ को हिटि कुवा धारा निर्माण सम्पन्न

पाँचथर । फिदिम नगरपालिका– मा वडा र नगरको आर्थिक सहयोगमा हिटी कुवा धारा निर्माण सम्पन्न भएको छ ।
धारा र कुवा मर्मत र धारा सम्भारका लागि वडा र नगरले बजेट विनियोजन गरेको हो ।

नगरको २ लाख ५० हजार, वडा को १ लाख समितिको बैंक खाता जम्मा भएको हो । निर्माण नगद रकम सहभागिता वापत ६१ हजार २७५ रहेको थियो । निर्माणका लागि नगरपालिका मा आयोजना सम्झौता भएको कुल लागत ४ लाख १० हजार २७५ रहेको निर्माण समितिका सचिव बिर बहादुर पोमुले जानकारी दिए ।

नगरको निर्माण आयोजना सम्पन्न गर्ने तोकिएको मिति अगावै सम्पन्न भएको जनाइएको छ । ट्यांकी निर्माणस्थल ३ आमा जग्गा छेत्रफलमा मुल र कुवा, धारा निर्माण गरिएको जग्गा दाता महानन्द ओझाले बताए ।

उपभोक्ता माझ निर्माण सम्पन्न पश्चात सार्वजनिक सुनुवाई भएको छ । योजना दिनुहुने निकायलाई उपभोक्ताहरुले वडाध्यक्ष दिननाथ अधिकारी र नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेलाई उपभोक्ताहरुले धन्यवाद ज्ञापन गरेका छन् ।

समाजसेवी कृष्ण बास्कोटाको अध्यक्षमा समिति गठन गरिएको थियो । त्यसपछि निर्माण सम्पन्न गरिएको हो । अब फिदिम बजार, आसपासका बस्ती विकासमा रहेका र २ नम्बर वडामा रहेका उपभोक्ता नागरिकलाई पानिको गर्जो टर्ने भएको छ ।

प्रतिक्रिया