
काठमाडौं । झाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । केदारस्यूँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिका–६ को सिमानास्थित सुंगरे क्षेत्रमा एउटा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार केदारस्यूँ–७ बाट दुर्गाथली–६, च्वाबनतर्फ जाँदै गरेको से १ च २४४४ नम्बरको जीप अपराह्न दुर्घटना भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी दुर्गाथली–६ का चक्रबहादुर महत, सोही स्थानकी कुटुरीदेवी महत र केदारस्यूँ–७ की विमला महत धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया