
मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित मोन्छयो ड्रग्कार थेग्छेन लिङ गुम्बाको प्रांगणमा रहेको श्री महाकरुणा शाक्यप निमाविको होस्टेलबाट हराएका दुई बालक दुई दिनपछि फेला परेका छन् ।
कक्षा १ र युकेजीमा अध्ययनरत ती बालकहरू गत असार २५ गते बेलुका ६ बजेदेखि होस्टेलबाट बेपत्ता भएका थिए । बालकहरू हराए लगतै सुरु गरिएको खोजतलासका क्रममा आज (असार २७ गते) बिहान १०ः३० बजे उनीहरूलाई लोमान्थाङ गाउँपालिका–२ स्थित भार्चामा सुरक्षित फेला पारिएको प्रहरीले जनाएको छ ।
फेला परेका दुवै बालकहरूको स्वास्थ्य परीक्षण गराइएको छ । स्वास्थ्य परीक्षण पश्चात स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा उनीहरूलाई विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया