
काठमाडौं । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू तथा फिल्म निर्देशक मिनभान बानको पनि उपस्थिति रहेको थियो । प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेलाधकेल भएको थियो । गत बिहीबार नेपालीले राहदानी विवभगको गेट अगाडि आफूमाथि पेट्रोल छर्केर आगो लगाएका थिए ।
उनलाई उपचारका लागि वीर अस्पताल लगिएकोमा हिजो शनिबार मृत्यु भएको हो । पठाओ चालक रहेका नेपालीको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्विल लक लगाएको विषयमा भनाभन भएपछि उनले आगो लगाएर आत्मदाह गरेको भन्ने चर्चा छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी















प्रतिक्रिया