
मेष राशि–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – यस राशि हुनेका लागि यो साता आत्मबल वृद्धि हुनेछ । नोकरी गर्नेहरूलाई विभिन्न किसिमका झन्झट आउन सक्छन् । परिवारमा मनमुटाव बढ्न सक्नेछ । सरकारी क्षेत्रमा प्रवेश गर्न चाहनेहरूलाई अवसर प्राप्त हुनेछ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – यस राशि हुनेका लागि यो साता आर्थिक पक्ष मजबुत हुँदै जानेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । यात्राको अवसर आएता पनि यात्रा झन्झटिलो, खर्चिलो हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह) – यस राशि हुनेका लागि यो साता मध्यम रहेको छ । मनमा अनेक किसिमका नकारात्मक कुरा उत्पन्न भई छटपटी हुनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । टाढाको यात्राको अवसर प्राप्त हुनेछ । नयाँ ब्यापार बिजनेस गर्दै हुनुहुन्छ भने अति शुभ समय रहेको छ ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – यस राशि हुनेका लागि यो साता पारिवारिक सुख शान्ति प्राप्त हुनेछ । गरिरहेको कार्य क्षेत्रमा उन्नति र आर्थिक लाभ हुनेछ । सामाजिक कार्यमा लाग्नेहरूलाई मान प्रतिष्ठा प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना रहेको छ । नयाँ ब्यापार बिजनेसको सुरुआत गर्न चाहनेलाई अति अनूकूल छ ।
सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – यस राशि हुनेका लागि यो साता मानसिक तनाव बढ्न सक्नेछ । मित्रजनहरूको साथ सहयोगले कार्य क्षेत्रबाट भने आर्थिक लाभ मिल्ला । पारिवारिक सुख मिल्नेछ । रोकिएका कार्यहरू सम्पन्न हुनेछन् ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – यस राशि हुनेका लागि यो साता कार्यमा सफलता मिल्नेछ । आत्मविश्वास बढ्ने छ । आर्थिक पक्ष मजबुत हँुदै जानेछ । प्रेममा सफलता, स्वास्थ्यमा सुधार आउनेछ ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त) – यस राशि हुनेका लागि यो साता अध्ययनमा सफलता प्राप्त हुनेछ । बोलीमा प्रभावकारिता बढ्ने छ । साझेदारी कार्यबाट लाभ हुनेछ । आर्थिक पक्ष मजबुत हुँदै जानेछ । कुनै पनि कार्य गर्दा बिचार पुर्याएर मात्र अघि बढ्नुपर्ने देखिन्छ ।
वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू) – यस राशि हुनेका लागि यो साता पारिवारिक साथसहयोग प्राप्त रहनेछ । साझेदारी कार्यबाट लाभ रहने छ । आर्थिक पक्षमा लाभ हुनेछ । आयभन्दा खर्च बढ्ने देखिन्छ ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यस राशि हुनेका लागि यो साता बोलीमा प्रभावकारिता बढ्दै जानेछ । विद्यार्थीका लागि अध्ययनमा सफलता प्राप्त हुनेछ । आफन्तको साथसहयोगले आत्मबल बढ्दै जानेछ । घरमा सुख, शान्ति, समृद्धी बढ्नुका साथैं परोपकारी कार्यमा सरिक हुने अवसर मिल्नेछ । प्रेममा शान्ति मिल्ने देखिन्छ ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – यस राशि हुनेका लागि यो साता परिवारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । आयभन्दा खर्च बढ्ने छ । नोकरी गर्नेलाई कार्यमा विविध झन्झट आइपरे तापनि आर्थिक लाभ रहने छ । स्वास्थ्यमा सुधार आउने छ । अध्ययनमा सफलता प्राप्त रहने छ ।
कुम्भराशि (गू,गे,गो,स,सी,सू,से,सो,द) – यस राशि हुनेका लागि यो साता कार्यमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । मान प्रतिष्ठा बढ्ने छ । व्यापारिक क्षेत्रमा रहनेहरूलाई आर्थिक लाभ रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट बढ्ने देखिन्छ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यस राशि हुनेका लागि यो साता कार्य क्षेत्रमा सफलता प्राप्त हुने योग रहेको छ । आर्थिक पक्षमा धन लाभ हुनेछ । रोकिएका कार्यहरू पूरा हँुदै जानेछन् । मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । मनमा उमंग बढ्ने छ ।
प्रतिक्रिया