
काठमाडौँ । कवि राजेश ढुंगानाको कृति ‘मुटु फलाम भएर’ विमोचन गरिएको छ । नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं लेखक रोचक घिमिरेले उक्त कृतिको विमोचन गरेका हुन् । लेखक घिमिरेले नेपाली साहित्यका प्रखर स्रष्टा राजेश ढुंगानाको ‘मुटु फलाम भएर’ कविता कृति उत्कृष्टमध्येको एक रहेको बताए । उनले यस कृतिले नेपाली साहित्यको क्षेत्रमा महŒवपूर्ण पहिचान बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी विभिन्न साहित्यकार तथा कविहरूले ‘मुटु फलाम भएर’ कविता कृति भाव, शैली र प्रस्तुतिका दृष्टिले रोचक रहेको धारणा राखे । उनीहरूले उक्त कृति साहित्यप्रेमी पाठकका लागि रुचिको विषय बन्नेमा विश्वास व्यक्त गरे । कवि राजेश ढुंगानाले लामो अध्ययन, मिहिनेत र जीवनका विभिन्न अनुभवलाई समेटेर उक्त कविता कृति तयार पारिएको बताए । उनले पाठकको माया र प्रतिक्रियाले आफूलाई थप सिर्जनात्मक ऊर्जा मिल्ने उल्लेख गरे ।
प्रतिक्रिया