सौरभ र आर्यनाले जिते मिस्टर एन्ड मिस एसइई सुपर मोडलको उपाधि

काठमाडौँ । ‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल २०२६ भोल्युम–५’ को उपाधि मिस्टरतर्फ सौरभ सिटौला र मिसतर्फ आर्यना सिंहले जितेका छन् । उनीहरूले उपाधिसँगै २ लाख रुपैयाँ, स्मार्टफोन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । मनास्लु वल्र्डको प्रस्तुति, भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसनद्वारा सञ्चालित तथा एभरेस्ट इभेन्ट्सद्वारा आयोजित उक्त प्रतियोगितामा प्रिन्स चौधरी र आकृति राई ‘फेस अफ एसइई सुपर मोडल २०२६’ हुँदा जोयल महर्जन र युइशा बस्नेत फस्ट रनरअप भए ।

यस्तै, साओलिन श्रेष्ठ र कृतिश्मा लामा सेकेन्ड रनरअप, आरव श्रेष्ठ र सुम्निमा बजगाईं थर्ड रनरअप तथा अन्सन अधिकारी र युनिशा शाक्य फोर्थ रनरअप घोषित भए । त्यस्तै विवेक भुसाल र जेलिशा श्रेष्ठ ब्रान्ड एम्बासडर, साइस रौनियार र जेत्सुन डोल्मा मोक्तान अर्गनाइजर च्वाइस, सदीक्षा तामाङ ब्युटी विथ ब्रेन, सुशान्त तामाङ र हिमानी लामिछाने भ्यालेन्टिनो ब्रान्ड एम्बासडर घोषित भए ।


यसैगरी, साधवी प्रसाईंले पब्लिक च्वाइस अवार्ड, आयुष्री कार्कीले भ्युज च्वाइस अवार्ड, अविनाश तामाङले भ्युज च्वाइस रनरअप तथा अरिका थापा र प्रिन्स पाण्डेले मोस्ट पपुलर रनरअपको उपाधि हासिल गरे । कार्यक्रमका विजेताहरूले नगद पुरस्कारसँगै एभरेस्ट फिल्म एकेडेमीमा छात्रवृत्ति, प्रोफेसनल मेकअप कोर्स, नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति, विभिन्न ब्रान्डका गिफ्ट ह्याम्पर तथा खेलकुद र फिटनेस प्याकेजहरू प्राप्त गरेका छन् । साथै सहभागी सबैलाई नेपालका २० भन्दा बढी प्रतिष्ठित कलेजहरूमा विज्ञान, व्यवस्थापन, मानविकी तथा ‘ए’ लेभल अध्ययनका लागि छात्रवृत्ति अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन) ले देशभरका एसइई उत्तीर्ण विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको प्रतियोगिताले युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा फेसन र मनोरञ्जन क्षेत्रमा अवसर सिर्जना गर्ने उद्देश्य राखेको बताए । प्रतियोगिताको कोरियोग्राफी सुगन्धा अधिकारी र अर्शु महर्जनले गरेका थिए भने सञ्चारकर्मी रोजिन शाक्यले होस्ट गरेका थिए ।

प्रतिक्रिया