
महोत्तरी । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ मधेश प्रदेशको अध्यक्षमा गोविन्द खड्का निर्वाचित भएका छन् ।
महासंघको आज सम्पन्न दोस्रो प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा ९ सदस्यीय पदाधिकारी तथा कार्यसमिति चयन गरेको हो ।
निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा दीपेन्द्र कुमार साह, सचिवमा प्रमित ढकाल, कोषाध्यक्षमा सुशील यादव तथा सदस्यहरूमा इ. मोहम्मद अनायत रसुल, अञ्जनी प्रसाद सत्याल, विशाल गौतम र शंकरबहादुर श्रेष्ठ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष खड्काले फर्निचर उद्योगको विकासमार्फत मधेश प्रदेशलाई उत्पादन र रोजगारीको केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्थानीय कच्चा पदार्थ र सीपको उपयोग गर्दै फर्निचर उद्योगलाई आत्मनिर्भर बनाउने तथा उत्पादनको आन्तरिक बजार विस्तारसँगै बाह्य निर्यातको सम्भावना समेत अघि बढाइने बताए ।
अधिवेशनमा सहभागी व्यवसायीहरूले फर्निचर तथा फर्निसिङ क्षेत्रका साझा समस्या समाधान, व्यवसायिक एकता तथा उद्योग प्रवर्द्धनका लागि महासंघले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया