
काठमाडाैँ । विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ । ऐतिहासिक एस्टेका रङ्गशालामा बिहीबार राति भएको खेलमा मेक्सिकोले ९ खेलाडीमा समेटिएको दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
समूह ‘ए’ मा रहेको मेक्सिकोको जितमा जुलियन क्विनोनेस र अनुभवी स्ट्राइकर राउल जिमेनेजले १–१ गोल गरे । ८० हजार ८ सय २४ दर्शकले भरिएको रङ्गशालामा दक्षिण अफ्रिकाले घरेलु टोलीको दबाब झेल्न सकेन र खेलको दुवै हाफमा आफ्ना महत्त्वपूर्ण खेलाडी गुमाउन पुग्यो ।
प्रतिक्रिया