फुटबल विश्वकपले बढायो नेपाली बजार, जर्सी किन्नेको लर्को (तस्विरहरु)

काठमाडौं । फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आज जुन ११ देखि सुरु हुँदै छ । अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्ने छन् । विश्वका फुटबल प्रेमीलाई चासो छ । जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला ?

यसपटकको विश्वकप तीन देशमा आयोजना हुँदै छ भने ३९ दिन चल्ने छ । ४८ राष्ट्र सहभागी छन्, १०४ खेल हुने छन् ।
विश्वकप सात समुद्रपारि हुने भए पनि नेपालमा समेत यसको ठूलै क्रेज छ ।

नेपालीहरुलाई विश्वकप राम्रैसँग लागिसकेको छ । यसको संकेत बजारले पनि गर्छ । पसलहरुमा विभिन्न देशको जर्सी किन्नेहरु बाक्लै देखिन्छन् । फुटबल समर्थकहरू आफ्नो मन पर्ने टोली र खेलाडीको जर्सी लगाएर सोसल मिडियामा फोटो पनि हालिरहेका छन् ।

नेपाली बजारमा विभिन्न क्वालिटी र मूल्यका जर्सी किन्नेको लर्को लागेको पाइन्छन् । तीन–चार सयदेखि तीन–चार हजार रुपैयाँसम्मका जर्सी बजारमा पाइन्छन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया