गायक नारायण थापाले ल्याए ‘माया मारी गयौ’

काठमाडौं । गायक नारायण थापाले ‘माया मारी गयौ’ बोलको नयाँ गीतको भिडियो ल्याएका छन् । गीतमा गायक थापाकै आवाज रहेको छ । उक्त ‘माया मारी गयौ’ गीतको भिडियो सौगात जंग थापा युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतमा पिटर दर्नालको शब्द, विशाल निरौलाको संगीत र एरेन्ज रहेको छ भने रन्जन राईको मिक्सिङ तथा मास्टरिङ गरेका छन् । त्यसैगरी भिडियोमा सुशान्त ढकाल र एलिना गुरुंग लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै दिपक गिरीको छायांकन रहेको भिडियो राकेश दाहालको सम्पादन र राजिव समरको निर्देशन रहेकोछ ।

गायक थापाले आफ्नो अजम्बरी–२०७२, परिवेश– २०७७ र आकर्षण–२०७९ गरी तीनवटा गीतिसंग्रह यसअघि नै सार्वजनिक भइसकेको र चौथो गीतिसंग्रह आभुषणका गीतहरुको रेकर्ड्ंग अन्तिम चरणमा पुगेको बताए ।

प्रतिक्रिया