छैटौँ राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने

काठमाडौं । नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सले छैटौँ संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता १५ वैशाखमा आयोजना गर्ने भएको छ । काठमाडौं बौद्धस्थित बाग्मती नगर पार्कमा हुने प्रतियोगितालाई पल्सरले सहयोग गर्ने आयोजकले जनाएका छन् ।

वल्र्ड पावर लिफ्टिङ र युरोपियन स्ट्रिट लिफ्टिङ महासंघको सम्बद्धतामा आयोजना हुने प्रतियोगितामा देशभरबाट २५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई २ विधामा विभाजन गरिएको छ । सर्किट विधालाई खुल्ला महिला सर्किट, खुल्ला पुरुष सर्किट, जुनियर सर्किट (१९ वर्ष मुनि), पुरुष सर्किट मास्टर्स, र महिला सर्किट मास्टर्स गरी ५ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । विधालाई खुल्ला महिला बार, खुल्ला पुरुष बार, जुनियर बार (१६ वर्षमुनि) गरी ३ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसरी यस प्रतियोगितामा कुल ८ वटा विभिन्न समूहमा सहभागी खेलाडीहरूबीच प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको अनुमानित बजेट २५ लाख ५० हजार रहेको छ । शीर्ष तीन स्थान पाउने खेलाडीलाई २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया