नेपाल र वेष्ट इण्डिज ‘ए’बीचको अन्तिम खेल आज हुँदै

काठमाडौं । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजे शुरु हुनेछ ।

पाँच खेलको टी–२० श्रङ्खला वेष्ट इण्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ । शृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो ।

गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौथो खेलमा वेष्ट इण्डिज ‘ए’सँग २८ रनले पराजित भयो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै बिदाइ गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ । नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बङ्गलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।

प्रतिक्रिया