भारतीय फुटबलका कप्तान सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास

काठमाडौं । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका छन् । उनले सक्रिय अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

विश्वकप छनोट फुटबलअन्तर्गत निकट भविष्यमा खेलिने कुवेताविरुद्धको खेलसँगै आफूले सक्रिय खेल जीवनबाट सन्न्यास लिने उनले बताएका छन् ।

भारत र केवेतबिचको विश्वकप छनोट खेल जुन ६ तारिखमा खेलिने छ । सोही खेल नै सुनिल क्षेत्रीको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । सुनिल क्षेत्री भारतीय टोलीको थुप्रै सफलताका नायक हुन् । ३९ वर्षीय सुनिल क्षेत्रीले भारतका लागि कुल एक सय ४५ खेल खेलिसकेका छन् ।

आफ्नो २० वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले भारतका लागि कुल ९३ गोल गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सक्रिय खेलजीवनबाट सन्न्यास लिने बताएका हुन् ।

सुनिल क्षेत्रीले सामाजिक सञ्जालमा करिब नौ मिनेट लामो भिडियो पोष्ट गरेका छन् र त्यसको शीर्षक राखेका छन्, ‘म तपाइँलाई केही भन्न चाहन्छु ।’ उक्त भिडियोमा सुनिल क्षेत्री निकै भावुक देखिएका छन् । उनले आफ्नो ‘डेब्यू’ खेलको पनि स्मरण गरेका छन् ।

प्रतिक्रिया