काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गर्दै टी–२० वरियतामा दीपेन्द्र उक्लिए शीर्ष १० मा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार राति घोषणा गरेको पछिल्लो वरीयतामा ऐरील थप प्रगति गर्दै अलराउण्डरको शीर्ष १० मा उक्लिएका हुन् ।
यसअघि उनी ११औँ स्थानमा थिए । त्यसैगरी अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औँ स्थानमा पुग्दा कुशल मल्ल ३३औँ र गुलशन झा ६१औँ स्थानमा यथावत छन् । करण केसीले ७४औँ स्थानमा छन् ।
ब्याटिङतर्फ दीपेन्द्र ५०औँ, रोहित ६१औँ र आसिफ शेख ८७औँ स्थानमा छन् । बलिङतर्फ सोमपाल कामी ९२औँ स्थानमा छन् । अघिल्लो वरीयताको तुलनामा दीपेन्द्र थप एक स्थान माथि उक्लिएका हुन् ।
पाकिस्तानका सदाब खान, इमाद वसिम, अस्ट्रेलियाका मिचेल मार्स र ग्लेन म्याक्सवेल, वेस्ट इन्डिजका जासन होल्डर र रोमारियो सेफर्ड जस्ता प्रभावशाली खेलाडीलाई दीपेन्द्रले पछाडि पारेका छन् ।
यसैगरी भारतका अक्षर पटेल, न्युजिल्यान्डमा मिचेल सान्टनर र अफगानिस्तानका रासिद खान पनि अलराउन्डर वरीयतामा दीपेन्द्रभन्दा पछाडि छन् । नेपालका अर्का खेलाडी कुशल मल्ल अलराउन्डर वरीयताको ३२औँ स्थानमा छन् ।
प्रतिक्रिया