काठमाडौँ । आशिष भारती र वर्षा बस्नेतले बागमती अटो–जिमखाना च्याम्पियनसिपको उपाधि जितेका छन् । बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोट्र्स क्लब तथा जियोन ओभरल्यान्डको आयोजनमा बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर ¥यालीको पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो भए । महिलातर्फ विपाश्ना तामाङले वर्षा बस्नेतलाई पछ्याइन् ।
टिडिएस ¥यालीमा प्रवेश पौडेल र प्रदीप पौडेलको जोडीले उपाधि हात पारेका हुन् । विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो तथा पूजा पाख्रिन र नविन लामा तेस्रो स्थानमा रहे । पुरुषतर्फ १७ र महिलातर्फ ६ गरी कुल २३ ड्राइभरले अटो–जिमखानामा प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ क्वालिफाइङ राउन्डपछि शीर्ष ८ ड्राइभर फाइनल चरणमा पुगेका थिए भने महिलातर्फ ६ जना ड्राइभर नै प्रारम्भिक चरणपछि नै फाइनल चरणमा पुगेका थिए । क्वालिफाइङ चरणमा पनि शीर्ष स्थानमा रहेका आशिषले अन्तिम चरणमा पनि उत्कृष्ट लय कायम राख्दै अन्य ड्राइभरभन्दा उत्कृष्ट समय निकाल्दै उपाधि जिते । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो भए ।
यस्तै महिलातर्फ प्रारम्भिक चरणमा विपाश्ना तामाङ शीर्ष स्थानमा रहेकी थिइन् तर अन्तिम चरणमा वर्षाले उत्कृष्ट समय निकाल्दै बाजी मारिन् र बेस्ट फिमेल ड्राइभर अवार्ड प्राप्त गरिन् ।
अटो–जिमखानाका पुरुषतर्फ विजेता आशिषले १ लाख रुपैयाँ, दोस्रो राजकुमारले ५० हजार प्राप्त गरे । महिलातर्फ बेस्ट फिमेल ड्राइभर अवार्ड सहित वर्षाले ५० हजार रुपैयाँ प्राप्त गरिन् । सबै विजेताहरूले सर्टिफिकेट, सिल्ड र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस्तै, अटो–जिमखाना च्याम्पियनसिप अघि सम्पन्न टिडिएस (टाइम–डिस्ट्यान्स–स्पिड) मोटर ¥यालीमा प्रवेश पौडेल र प्रदीप पौडेलको जोडी पहिलो, विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो तथा पूजा पाख्रिन र नविन लामा तेस्रो स्थान प्राप्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य रामचन्द्र श्रेष्ठ, एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाइल एसोसिएसनका सचिव महेश अधिकारी र सन्तोष न्यौपाने, कोषाध्यक्ष मनि नेपाल, सह–कोषाध्यक्ष कमला क्षेत्री, बागमति अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र पचाछे र सचिव यज्ञप्रसाद पौडेल तथा मोटोभर्स स्पोट्र्स क्लबका अध्यक्ष आशिष रौनियार र जियोन ओभरल्यान्डका सञ्चालक जियोन लगायतले पुरस्कृत गरे ।
प्रतिक्रिया