हङकङमा सांस्कृतिक उपस्थितिको त्यो चिनियाँ नीति

बेइजिङ । अमेरिका र चीन अहिलेका दुई महाशक्ति । राजनीति, संस्कृति, व्यवसाय र रंगमञ्च सबैमा यी दुई देशको संघर्ष चलेको छ । शक्तिको रूपमा उदाउँदै गरेको चीनले फिल्मी दुनियाँमा पनि आफ्नो प्रभाव जमाउन अनेक उपाय लगाउन थालेको छ । बेलायतबाट हङकङ चीनअन्तर्गत पुगेपछि सांस्कृतिक अधिकरणमा चिनियाँ चासो थियो । चीनले जबर्जस्ती आफ्नो फिल्म देखाउन प्रयास गर्ने र आफूहरू बाँधिनुपर्ने चिन्तामा हङ्कङ्बासी थिए ।
३ वर्षअघि नै चिनियाँ कम्युनिस्ट पार्टीको वार्षिकोत्सवमा चीनले बक्स अफिसमा चिनियाँ फिल्म प्रवेश गराउने निर्णय गरेको थियो । पश्चिमा सञ्चार माध्यमले यो निर्णयलाई आफ्नो अनुकूलको फिल्म देखाउने नयाँ चिनियाँ रणनीतिका रूपमा लिए । बेइजिङमा जेआरआर टल्कनको ‘द लर्ड अफ द रिङ्स’ का लागि टिकट बिक्री भइसकेपछि प्रिमियर रोकिएको थियो ।

‘द फेलोसिप अफ द रिङ्स’, ‘द छु टावर्स’ र ‘द लर्ड अफ द रिङ्स’ देखाउन मार्चमै अप्रिल ९ देखि २३ सम्मका लागि मिति भएको थियो । यसले चिनियाँ दर्शकहरूमा उत्साह थपेको थियो । यसअघि चीनमा जेम्स क्यामरुनको ‘अवतार’ प्रस्तुत भइसकेको थियो ।

सन् २०२१ को १ अप्रिलमा डिजिटल एपबाट ‘द लर्ड अफ द रिङ्स’ को टिकट बिक्री भइरहेको थियो । नियामक संस्थाको नीति एकाएक फेरियो । चाइना फिल्म एडमिनिस्ट्रेसनले पार्टीले अनुमोदन गरेको फिल्मलाई प्रोत्साहित गर्न निर्देशन गरेपछि हलको तालिकाबाट हलिउड फिल्म एकाएक हटाइएका थिए । केही फिल्मले सीमित अवसर पाए, त्यहाँ दर्शकको ठुलो उपस्थिति भयो ।

‘द फेलोसिप अफ रिङ्स’ को निर्माण कम्पनीले त अन्तिम समयसम्म फिल्म देखाउने भनेको थियो । जापानको डकुमेन्ट्री ‘डिटेक्टिभ कोनान’, ‘द फेलोसिप अफ द रिङ्स’, ‘गोड्जिला भर्सेस किङ’ लगायत समावेश गरेर महोत्सवको तयारी पनि भएको थियो । अन्तिम समयमा चिनियाँ फिल्म अधिकारीले मापदण्ड नपुगेको भन्दै रोके ।

चीनको यो नीतिभन्दा अघिको कथा भने फरक थियो । चिनियाँ विकासक्रम हेर्नेहरू त्यहाँको खेल नीति र आइटीमा राखेको प्रभाव सम्झनुपर्नेमा जोड दिन्छन् । संसारबाट अलग रहेर आर्थिक विकास गर्ने र त्यसपछि विश्व बजारमा प्रवेश गर्ने नीति लिएको चीन सन् १९८० मा खेलकुदको ओलम्पिक यात्रामा समावेश थियो ।
सन् १९८० मा ओलम्पिक खेलमा सहभागी हुन थालेको चीनले विश्वस्तरमा शक्तिको रूपमा उदाउन केही दशक कुर्नुपरेको थियो । परन्तु, ८० कै दशकमा जापान र दक्षिण कोरियालाई छाडेर चीन खेलकुदमा एसियाको एकल शक्ति स्थापित भयो ।

९० को दशकमा पुग्दा चीनले केही खेलमा आफूलाई संसारको अजेय शक्तिको रूपमा स्थापित ग¥यो । टेबलटेनिस र डाइभिङमा चिनियाँ खेलाडी बलशाली मानिए । भारोत्तोलन, सुटिङ लगायतका खेलमा पनि प्रभाव जमाउँदै चीन ९० को दशकको अन्त्यसम्ममा अमेरिकासँग प्रतिस्पर्धा गर्ने दोस्रो शक्तिको रूपमा स्थापित भयो ।
अन्य उत्पादन र बजारमा चिनियाँ नीति बुझ्नेहरू आइटीमा पनि चीनको उपस्थिति उदाहरणीय रहेको बताउँछन् । यो सबै घटनाक्रम हेर्नेहरूका अनुसार चीन पहिला आफ्नो देशमा बजार व्यवस्थापन गर्छ र त्यसपछि संसारमा बजार बनाउँछ । फिल्ममा पनि चिनियाँ नीति यस्तै छ ।

प्रतिक्रिया