पाँचथर गोल्ड कप प्रतियोताको खर्च विवरण सार्वजनिक

पाँचथर । जिल्लामा सम्पन्न चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । बुधबार पाँचथर क्लबले फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी हिसाब सार्वजनिक गरेको हो ।

फिदिममा फागुन १२ गतेबाट १९ सम्म चलेको उक्त प्रतियोगितामा आयतर्फ रु ४६, ६४, ६६० रुपैँया रहेको छ । जसमा ७ लाख रुपैँया प्राप्त हुन बाँकी रहेको आयोजक क्लबले जनाएको छ । क्लबले प्राप्त गरेको सबै रकम प्रायोजक, चन्दा र टिकट बिक्रीबाट प्राप्त भएको पाँचथर क्लबका सचिव योगराज सेढाँईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी ब्यायतर्फ ४५, ३७, ४१० रुपैयाँ रहेको जनाइएको छ । आयोजक क्लबले ५ लाख ७२ हजार रुपैयाँ भुक्तनी दिन बाँकी रहेको जनाएको छ । क्लबले उठ्न बाँकी रहेको ७ लाख प्राप्त गर्दा १ लाख २८ हजार रुपैयाँ नाफा हुने जनाएको छ ।

फिदिममा फागुन १२ गतेबाट १९ सम्म आठ दिन चलेको चौथो पाँचथर गोल्ड कप प्रतियोगितामा टिकट बिक्रीबाट रु ११ लाख ७९ हजार २५० रुपौँया रकम संकलन भएको क्लबले जानकारी दिएको हो ।

फागुन १९ गते पाँचथर क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको फाइनल खेलमा टिकट बिक्रीबाट ६ लाख ३० हजार संकल भएको सचिव सेढाइले जानकारी दिए ।

प्रतिक्रिया