चौथो खेलमा नेपाललाई वेस्टइण्डिजले दियो २१० रनको लक्ष्य

काठमाडौं । टी– २० क्रिकेटअन्तर्गत आज चौथो खेलमा नेपाललाई आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएको वेस्टइण्डिज ‘ए’ ले जितका लागि २१० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षेतिमा २०९ रन बनाएर नेपाललाई जितका लागि २१० रनको लक्ष्य दिएको हो ।

वेस्टइण्डिजका लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे । फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । जोनसन चाल्र्स ५८ रन बनाउँदा क्याच आउट भए । ३० बलमा ३ चौका र ६ छक्का हानेका जोनसन कुशल भुर्तेलको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए ।

केसी कार्टी ४ रन बनाउँदा कुशल भुर्तेलकै बलमा ४ रन बनाउदा रोहित पौडेलको हातबाट क्याच आउट भए । ओपनर एलिक अथानाजे ५ रन बनाउँदा प्रतिश जिसीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए ।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए । टेस्ट राष्ट्र्र वेस्टइण्डिज नेपालको मैत्रिपूर्ण निमन्त्रणामा आगामी जुनमा हुने टी– २० विश्वकपको त्यारी स्वरुप क्रिकेट खेल्न नेपाल आएको हो ।

गत शनिबार पहिलो खेलमा नेपालले वेस्टइण्डिजलाई ४ विकेटले हराएको थियो भने आइतबार दोस्रो खेलमा नेपाल वेस्टइण्डिजसँग १० रनले हारेको थियो । त्यसैगरी बुधबार (हिजो) भएको तेस्रो खेलमा पनि वेस्टइण्डिजले नेपाललाई ७६ रनको फराकिलो अन्तरले हराएको थियो ।

नेपालको यो हाररसँगै पाँच खेलको सिरिजमा वेस्टइण्डिजले २–१ को अग्रता लिएको छ । तर आज हुने चौथो खेलमा भने वेस्टइण्डिज ‘ए’लाई हराउनै पर्ने नेपाललाई दबाब छ । यद्यपि आज नेपाल हारेको खण्डमा यस सिरिज सिधै वेस्टइण्डिजको पोल्टामा जाने पक्का छ । नेपाल र वेस्टइण्डिजबीच अन्तिम खेल शनिबार हुनेछ ।

प्रतिक्रिया