चौथो खेलमा नेपालले टस हारेर वेस्टइण्डिजविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं । टी– २० क्रिकेटअन्तर्गत आज नेपालले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएको वेस्टइण्डिज ‘ए’विरुद्ध चौथो खेलमा टस हारेर पहिला बलिङको निम्तो पाएको छ । केही बेरअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्टइण्डिजका कप्तानले टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएका हुन् ।

आजको चौथो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । टेस्ट राष्ट्र्र वेस्टइण्डिज नेपालको मैत्रिपूर्ण निमन्त्रणामा आगामी जुनमा हुने टी– २० विश्वकपको त्यारी स्वरुप क्रिकेट खेल्न नेपाल आएको हो ।

गत शनिबार पहिलो खेलमा नेपालले वेस्टइण्डिजलाई ४ विकेटले हराएको थियो भने आइतबार दोस्रो खेलमा नेपाल वेस्टइण्डिजसँग १० रनले हारेको थियो । त्यसैगरी बुधबार (हिजो) भएको तेस्रो खेलमा पनि वेस्टइण्डिजले नेपाललाई ७६ रनको फराकिलो अन्तरले हराएको थियो ।

नेपालको यो हाररसँगै पाँच खेलको सिरिजमा वेस्टइण्डिजले २–१ को अग्रता लिएको छ । तर आज हुने चौथो खेलमा भने वेस्टइण्डिज ‘ए’लाई हराउनै पर्ने नेपाललाई दबाब छ । यद्यपि आज नेपाल हारेको खण्डमा यस सिरिज सिधै वेस्टइण्डिजको पोल्टामा जाने पक्का छ । नेपाल र वेस्टइण्डिजबीच अन्तिम खेल शनिबार हुनेछ ।

आज नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित नारायण राजवंशी, अविनाश बोहरा र प्रतिश जिसी रहेका छन् भने अघिल्लो खेलबाट करण केसी, अनिल सबह, सागर ढकाल र कमल सिंह ऐरि बेन्चमा छन् ।

प्रतिक्रिया