आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

बागमती । बागमती प्रदेश सरकारले बिनाविभागीय मन्त्री रमा आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मन्त्री आलेमगरलाई दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट बागमती सरकारमा मन्त्री भएकी आलेमगर हालसम्म बिनाविभागीय मन्त्री थिइन् ।

प्रतिक्रिया