खानेपानी उपभोक्ताको माग सम्बोधन गर्ने पूर्वाधार मन्त्रीको आश्वासन

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन गरिरहेका सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । सोमबार सुरुङ मार्गको उद्घाटन गर्न पुगेका उनले प्रभावितलाई भेटेर माग सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।

प्रभावितले खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरको उचित सम्बोधन गर्न, सिस्नेखोला पानी लिफ्टिङ खानेपानीको ग्यारेन्टी गर्न, सुरुङ मार्गमा स्थानीयलाई सहज आवतजावतको व्यवस्था गर्न, रोजगारी र स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

मन्त्री लम्सालले स्थानीयलाई भेट्दै आफू माग सम्बोधन गर्न सकारात्मक रहेको बताए । उनले प्रभावितहरुलाई छलफलका लागि दिउँसो २ बजे मन्त्रालयमा उपस्थित हुन आग्रह गरेका छन् ।–तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया