वर्ल्ड बुद्धिस्ट फेडेरेसनको नेपाल शाखा स्थापना

काठमाडाैं । करुणा दया र मानवता तथा अहिंसा जस्ता बुद्ध धर्मका सन्देश फैलाउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय संस्था वर्ल्ड बुद्धिस्ट फेडेरेसनको नेपाल शाखा स्थापना भएको छ । गत असार २९ गते दर्ता भएको संस्थाको नेपाल संयोजक सुश्री अञ्जली थापा क्षेत्रीको रहेकी छन् । संस्थाले निकट भविष्यमा आफ्ना योजना तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।


यसैबीच, भारतका केन्द्रीय मन्त्री रामदास आठवलेले वल्र्ड बुद्धिस्ट फेडेरेसनको लोगो हालै सार्वजनिक गरेका छन् । आठवलेले दिल्लीमा आयोजित विशेष समारोहमा संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त आधिकारिक लोगोको सार्वजनिक गरेका हुन् । कार्यक्रममा मन्त्री आठवलेले फेडेरेसनले विश्वस्तरमा गरेको शान्ति तथा सामाजिक एवं मानवतावादी कामको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया