धोबिनीका आगलागी पीडितहरुलाई रेडक्रस सोसाइटी पर्साद्वारा राहत वितरण

पर्सा । पर्साको धोबिनी गाउँपालिका– ५ नवकाटोलामा चार जना अग्नी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले मंगलबार (आज) राहत समग्री वितरण गरेको छ । अग्नी पीडित धोबिनी गाउँ निवासी रजाक देवान, रहमत देवान, अमजद देवान र समसाद देवानको घरमा आगलागी भएपछि रेडक्रसले राहत वितरण गरिएको हो ।

आगलागी पीडित परिवारहरुलाई अति आवश्यकीय राहत सामग्री वितरण गरिएको रेडक्रस सोसाइटी पर्साले जनाएको छ । मंगलबार आगलागी हुँदा नगद, गरगहनासहित घरमा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएको पीडित परिवारले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेश कमिटी उपकोषाध्यक्ष सलाउदिन अहमद, वडाध्यक्ष मनाउर अहमद र धोबिनी गाउँपालिका उपमेयरको प्रतिनिधि श्याम पटेल मंगलबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरेको हो । आगलागी पीडित परिवारलाई तत्कालको लागि त्रिपाल, सिरक, डस्ना र भाँडाकुँडालगायत आवश्यकीय सामग्री प्रदान गरिएको अहमदले जानकारी दिए ।

प्रतिक्रिया