आज नेपाल वेस्टइण्डिजसँग चौथो खेल खेल्दै, जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । टी– २० क्रिकेटअन्तर्गत आज नेपालले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएको वेस्टइण्डिज ‘ए’सँग चौथो खेलमा प्रतिस्पर्धा गर्दै छ । टेस्ट राष्ट्र्र वेस्टइण्डिज नेपालको मैत्रिपूर्ण निमन्त्रणामा आगामी जुनमा हुने टी– २० विश्वकपको त्यारी स्वरुप क्रिकेट खेल्न नेपाल आएको हो ।

गत शनिबार पहिलो खेलमा नेपालले वेस्टइण्डिजलाई ४ विकेटले हराएको थियो भने आइतबार दोस्रो खेलमा नेपाल वेस्टइण्डिजसँग १० रनले हारेको थियो । त्यसैगरी बुुधबार (हिजो) भएको तेस्रो खेलमा पनि वेस्टइण्डिजले नेपाललाई ७६ रनको फराकिलो अन्तरले हराएको थियो ।

नेपालको यो हाररसँगै पाँच खेलको सिरिजमा वेस्टइण्डिजले २–१ को अग्रता लिएको छ । तर आज हुने चौथो खेलमा भने वेस्टइण्डिज ‘ए’लार्ई हराउनै पर्ने नेपाललाई दबाब छ । यद्यपि आज नेपाल हारेको खण्डमा यस सिरिज सिधै वेस्टइण्डिजको पोल्टामा जाने पक्का छ । आजको चौथो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।

बुधबार तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षेतिमा २२७ रन बनाउँदै जितका लागि नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको थियो । वेस्टइण्डिजले दिएको विशाल लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भएको थियो । नेपाल र वेस्टइण्डिजबीच अन्तिम खेल शनिबार हुनेछ ।

प्रतिक्रिया