एसइईलाई स्तरीय बनाउनुपर्ने

प्रायःजसो अन्तरजिल्ला सरुवा नहुने, समयमै तलब नपाइने, शिक्षक हड्ताल भइरहने, हाकिम, मेयर, अध्यक्ष, नेताहरूको चम्चागिरी गर्नुपर्ने, स्थानीय वा निजी स्रोतबाट आफन्त शिक्षक भर्ना गरिने आदि परम्परा विद्यमान देखिन्छ । कुनै पनि देशको विकास निर्माण प्रक्रियाको आधारशीला शिक्षा हो । तर शिक्षामै विकृति फैलिनु भनेको राष्ट्रको विकास निर्माणमा ह्रास आउनु हो । अतः शिक्षामा सुधार गरी आफ्नो सन्ततीको भविष्यलाई कर्णधार बनाउन सबैको अहं भूमिका हुनुपर्दछ ।

चन्द्रकिशोर प्रसाद साह

जीवनको पहिलो खुड्किलो एसइई प्रवेशिका परीक्षा हो । उच्चस्तरीय परीक्षा भएमा गुणस्तरीय उत्पादन हुने गर्दछ । यसको लागि प्रतिस्पर्धात्मक शिक्षा हुनु पर्दछ । शिक्षाले देश विकास गराउनमा जोड दिने गर्दछ । यदि शिक्षामा विभिन्न विकृति विसंगति भित्रियो भने समाजमा अराजकता, हिंसा, भ्रष्टाचार बढ्ने गर्दछ । सरकारले एसइईमा ग्रेड सिस्टम लागू गरेपछि फलामे ढोका मानिएको परीक्षाचाहिँ सामान्य ढोका भएको छ ।

एसइई परीक्षामा चिटचोरी हुँदा शिक्षाको स्तरीयतामा ह्रास आउँछ । अतः एसइई परीक्षालाई स्वच्छ, मर्यादित, चिटरहित एवं भयरहित तुल्याउनुपर्दछ । यसका लागि एकातिर परीक्षा नियन्त्रण कार्यालय, निर्देशनालय, परीक्षा समन्वय समितिका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शिक्षा अधिकारी आदिको अहं भूमिका हुनुपर्दछ भने अर्कातिर प्रधानाध्याक, शिक्षक, अभिभावक, कर्मचारी, अभिभावक सवैको पूर्ण सहयोग हुुनुपर्दछ ।

सो परीक्षालाई स्वच्छ बनाउनका लागि निम्न कुराहरूहरूमाथि पनि केन्द्रित हुनुपर्दछ :

एसइई परीक्षा २०८० चैत १५ गतेदेखि सञ्चालित भई चैत २७ गते समाप्त हुँदै छ । यस वर्ष करिब ५ लाख ४ हजार परीक्षार्थीका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने १० हजार ८ सय ६ वटा विद्यालय सहभागी छन् । यस्तै मधेस प्रदेशबाट करिब ८१ हजार ७ सय परीक्षार्थी सहभागी हुँदैछन् । कतिपय विद्यार्थीहरू संस्थागत विद्यालय (बोर्डिङ स्कुल) बाट पढ्ने अनि परीक्षाचाहिँ सामुदायिक (सरकारी) विद्यालयबाट दिने गरेको बताइन्छ । मधेसमा बढी चिट चोर्न सहज हुने गरेकाले पहाडबाट मधेसमा झर्ने गरेको बताइन्छ । परीक्षा केन्द्रचाहिँ कुन विद्यालयको कहाँ पर्ने करिब अनुमानित भएकोले सोही अनुरूप चिट पु¥याउने उद्देश्यबाट ग्रसित भई भर्ना गर्ने गरिएको बताइन्छ ।

यस्तो विकृति र विसंगतिलाई व्यापक रूपमा सुधार गर्नुपर्ने देखिन्छ जसबाट परीक्षाजस्तो वातावरण स्थापित होस् । साथै यी कुराहरू लगायतमा पनि ध्यान दिनुपर्दछ :

चिट गर्नेगराउनेउपर १ लाख जरिवाना र ६ महिना कैद गरिनुपर्ने, परीक्षा केन्द्र वरिपरि १०० मिटर निषेधित क्षेत्र हुनुपर्ने, सक्कली, नक्कली प्रवेशपत्र माथि निगरानी गर्नुपर्ने, प्राविको ठाउँमा विषयगत निमावि÷मावि स्तर पढेका शिक्षकहरूलाई निरीक्षक रहने कार्यमा व्यवस्थित गर्नुपर्ने, सम्बन्धित स्कुल, गाउँ नगरका शिक्षकहरू रहने गरेकाले व्याप्त चोरी बढ्नु, चिट चोराउने कार्यमा हैँसेमा हैंसे मिलाउन व्यवस्थापन समिति पदाधिकारी, शिक्षक वर्ग, स्टाफ, अभिभावक, नेताकार्यकर्ता आदिको कुसोच व्याप्त रहकाले परिमार्जन गर्नुपर्ने देखिन्छ ।

परीक्षा हलमा चिट, गेस पेपर आदि समातिएमा निष्काशन हुनुपर्ने, बाहिरबाट अनुगमन आउँदा शान्त अनि टोली बाहिर जाँदा फ्री भई परीक्षा हलचाहिँ माछा बजार झैँ बन्ने भएकाले सो कार्यलाई बन्द अविलम्ब बन्द गर्नुपर्ने हुन्छ । त्यसैगरी व्यवस्थित खानतलासी हुनुपर्ने, परीक्षार्थीहरूमाथि मोबाइल फोनको प्रवेशमाथि निगरानी हुनुुपर्ने, नक्कली शिक्षक निरीक्षक परीक्षा हलमा फेला पर्ने भएकाले राख्नेउपर कार्यवाही गर्नुपर्नु, मोबाइल फोनबाट शिक्षक– निरीक्षकले चिट चोरी गर्ने गरेकाले परीक्षा केन्द्रमा शिक्षक–निरीक्षक तथा गार्डमाथि निगरानी गरी प्रश्नपत्र बाँडनुअघि सबैको मोबाइल फोन कार्यालयमा राख्नुपर्न व्यवस्था गर्नुपर्छ । किनकि सबैभन्दा बढी प्रश्नपत्र बाहिरिने अनि चिट भित्रिने आजभोलिको साधनचाहिँ मोबाइल फोन बनेको पाइएको छ ।
आउने दिन परीक्षा केन्द्रलाई बढाउनुको सट्टा घटाउँदै लग्नुपर्ने हुन्छ । जसबाट भद्रगोल स्थितिमा कमी हुने, आवश्यकताभन्दा बढी सहयोगी निरीक्षक गार्डमा कमी गर्नुपर्ने, चिट पु¥याउनका लागि बिनाभत्ताकै खटाइने गरिएकाले परीक्षामा खट्ने गार्ड, निरीक्षकहरूलाई भत्ता उपलब्ध गराउनुपर्ने, विद्यार्थीबाट चिट गराउन पैसा लिन सक्ने भएकाले रुम गार्डहरूलाई अर्काे कोठामा आवागमनमाथि रोक लाउनुपर्ने, सकभर शिक्षकको बदलामा कर्मचारी राखेर परीक्षा सञ्चालन गर्नुपर्नेहुन्छ किनकि यहाँका शिक्षकलाई परीक्षा हलमा राखी मर्यादित परीक्षा खोज्नु भनेको बालुवामा पानी खन्याउनुसरह हुने देखिएको छ ।

परीक्षा अवधिभरि निगरानीका विशेष पावरफूल अनुगमन टोली राख्नुपर्ने, बिनापासको परीक्षा केन्द्रमा प्रवेशमाथि रोक लाउनुपर्ने अनि सञ्चारकर्मीहरूलाई छुट्टै जान नदिई आफूसँगै मात्र परीक्षा केन्द्रमा लग्नुपर्ने, परीक्षा केन्द्रमा जाँदा प्लान गरिएको ढाँचा पहिले नबताएर एकैचोटी फलानो फलानो यहाँ यहाँ जाने कुरा बिहान निस्किने बेलामा मात्र बताएर विशेष टोली पठाउनुपर्ने, प्रमुख जिल्ला अधिकारी, जनपथ प्रमुख, सशस्त्र प्रमुख सबै अलगअलग परीक्षा केन्द्रहरूमा दैनिक रूपमा अनुगमन गर्नुपर्ने आदि कार्य प्रक्रियाहरू अपनाउनुपर्दछ ।

नेपालमा सबैभन्दा अव्यवस्थाको साम्राज्य शिक्षा जगत्मा देखिन्छ । एसइई परीक्षालाई स्वच्छ, मर्यादित, चिटरहित एवं भयरहित तुल्याउन सक्नुपर्दछ । मधेस प्रदेशमा चिटचोरीमा महारत प्राप्त जिल्ला पर्दछन् । यहाँ परीक्षार्थीहरूभन्दा बढी सक्रिय शिक्षक निरीक्षक नै चिटचोरीमा तल्लीन हुन्छन् । अतः स्वच्छ परीक्षा बनाउनका लागि जोड दिनुपर्दछ । साथै शिक्षा परीक्षा प्रणाली, पाठ्यक्रम, भौतिक पूर्वाधार, शिक्षक तालिम, शिक्षक भर्ना, शैक्षिक माफिया आदिमा सुधार गरी स्तरीय शिक्षा प्रदान गरी गुणस्तरीय उत्पादनमा जोड दिनुपर्दछ । शिक्षाको विकास नहुन्जेलसम्म अन्य क्षेत्रको विकास हुन्न । शिक्षा क्षेत्रमा व्यापक लापरवाही, घुसखोरी, भ्रष्टाचार व्याप्त रहेकाले पूरानो संरचना (जिल्ला शिक्षा कार्यालय) को अधिकार, नाममा परिमार्जन गरी स्थानीय निकायको निगरानीमा जोड दिइएको छ । सबै पालिकाहरूले शिक्षालाई व्यवस्थित पार्न सकेको देखिँदैन ।
सबैभन्दा कम सेवा दिनुपर्ने पेसा शिक्षण हो तापनि यसमा विभिन्न किसिमका भद्रगोल, लापरवाही देखिन्छ । किनकि प्रायःजसो अन्तरजिल्ला सरुवा नहुने, समयमै तलब नपाइने, शिक्षक हड्ताल भइरहने, हाकिम, मेयर, अध्यक्ष, नेताहरूको चम्चागिरी गर्नुपर्ने, स्थानीय वा निजी स्रोतबाट आफन्त शिक्षक भर्ना गरिने आदि परम्परा विद्यमान देखिन्छ । कुनै पनि देशको विकास निर्माण प्रक्रियाको आधारशीला शिक्षा हो । तर शिक्षामै विकृति फैलिनु भनेको राष्ट्रको विकास निर्माणमा ह्रास आउनु हो । अतः शिक्षामा सुधार गरी आफ्नो सन्ततीको भविष्यलाई कर्णधार बनाउन सबैको अहं भूमिका हुनुपर्दछ ।

मधेसमा काम कम हुने तर परिचर्चा बढी हुने गर्दछ भने पहाडमा काम बढी गरिने अनि चर्चामा कमी रहने गर्दछ । अतः जहिले पनि पोजिटिभ सोच राख्नुपर्दछ किनकि एकचोटि कुनै कुराप्रति पोजिटिभ भए जीवनभरि नै दिलोदिमागमा सकारात्मक नै रहन्छ । अतः आफ्नो छोराछोरी, गाउँ, नगर कस्तो बनाउने कुरा अभिभावक, स्थानीयहरूको हातमा हुन्छ । चोरको चोर, डाँकाको डाँका, भ्रष्टाचारीको सन्तान भ्रष्टै जन्मिन्छ भने राम्रो, इमानदार मेयर, हाकिम, नेताहरूको पालिका, विद्यालयचाहिँ स्वच्छ, हराभरा, अनुशासित, विकसित हुँदै जान्छ । किनकी आमाबुबाबाट डिएनए (जिन, वंशाणुगत गुण) मार्फत ९० प्रतिशत गुण पाइएको र वातावरणवाट मात्र १० प्रतिशत प्राप्त गरिएको हुन्छ । यसरी जस्तो बिउ रोपिन्छ, उस्तै फल काटिन्छ । यदि रोपिन्छ इमली अनि सुन्तला कहीँ फल्छ ? अतः चोरीले पास गरिन्छ भने साधु नभई चोरै छोराछोरी जन्मिन्छन् ।

प्रायःजसो विद्यालयहरूमा इन्टरनेट जडान भएको देखिन्छ । साथै कक्षाहरूमा क्यामरा पनि जडान भएको पाइन्छ । कतिपय शिक्षकहरूचाहिँ कक्षा समयमा मोबाइल फोनमै व्यस्त रहने गरेकाले लिजर घन्टी भइरहेको पाइन्छ । यस्तै विद्यार्थीहरू पनि शैक्षिक कार्यक्रमभन्दा बढी अश्लील सामग्री, गीत, गेमहरूमा जोड दिएको देखिन्छ । पढ्ने पढाउने वातावरणमा कमी हुँदै गइरहेको पाइन्छ । आजभोलि शिक्षक, प्रअ सक्रिय भई परीक्षा केन्द्रमा बाहिर हिट अनि परीक्षाहलभित्र चिटचोरी फिट भइरहेको बताइन्छ जसलाई मर्यादित तुल्याउन ध्यान दिनुपर्दछ । होइन भने यहाँ त परीक्षार्थीद्वारा ‘चिट चोरीचाहिँ विद्यार्थीहरूको हकअधिकार हो’ बताइन्छ ।

हुन त शिक्षकले पढाउनुभन्दा बढी समय कार्यालय, हाकिम, नेताको चाकरीमा विताउँछन् । आजभोलि अधिकांश विषयहरूमा इन्टर्नल माक्र्स पाइने भएको तर विद्यालयमा खासै प्राक्टिल विषयमा ध्यान नदिइएकोले कमसल विद्यार्थी उत्पादन हुने तर ग्रेड भने बढी रहेको देखिन्छ । यस्तो परम्परालाई निरुत्साहित गरिनु पर्दछ । यसर्थ शिक्षाको स्तर उकासेर देशको सर्वांगीण विकास निर्माणमा टेवा पु¥याउनेहेतु ‘स्तरीय शिक्षा तुल्याई उच्चस्तरीय परीक्षा गराई गुणस्तरीय कर्णधारक उत्पादन’ गराउने नारामा सवै सम्वद्ध निकाय, निर्देशनालय, अभिभावक सवैको सहयोग अत्यावश्यक देखिन्छ ।

प्रतिक्रिया