कतारका अमिरको भ्रमण नेपालका लागि उपलब्धिबिहिन

कतारका अमिरको प्रभाव हमासका लडाकु माथि रहेको मानिन्छ । हमास र इजरायलबीच मध्यस्थताको भूमिकामा रहेको कतारले यस अघि पनि विपिन जोसीको रिहाईका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ । यस सम्बन्धमा राष्ट्रपति कार्यालयवाट पनि विगतमा पत्राचार नभएको होइन तर कार्यान्वयनमा यो आएन । इस्लाम धर्मावलम्वी राष्ट्र भएका कारण कतारमा कानुन कार्यान्वयनमा विशेष कडाई गरिन्छ ।

श्रीमन नारायण

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको बहुप्रचारित दुई दिने नेपाल भ्रमण गत साता सकिएको छ । उनको नेपाल भ्रमणलाई ऐतिहासिक, उच्च महत्वको र नेपालको आर्थिक विकासमा कोशेढुंगा सावित हुने खालको भनेर व्याख्या गरिएको थियो । कतरका अमिरको नेपाल भ्रमणका दौरान भएका आठ बुँदे समझदारी तथा सम्झौतावाट नेपालले उत्साही हुनु पर्ने कुनै कारण देखिदैन । अहिले कतर र टर्की विश्वका दुई यस्ता देशहरुको रुपमा विकसित भईरहेका छन् जहाँ धार्मिक कट्टरता बढेको छ । लोकतान्त्रिक देशहरुसित यी देशको संवन्ध खासै राम्रो रहेको छैन ।

नेपाल र कतारबीच भएका सम्झौताको पहिलो बँदामा नेपालको संस्कृतिक, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र कतारको संस्कृति मन्त्रालय बीच संस्कृति र कलाको क्षेत्रमा सहयोगको कुरा उल्लेख छ । नेपाल डेढ दशक अघि सम्म हिन्दु धर्म सापेक्ष राष्ट्र थियो । अहिले पनि यहाँका ९० प्रतिशत भन्दा बढी जनता हिन्दु र बौद्ध धर्म मान्नेहरु नै छन् । कतर एउटा इश्लामिक राष्ट्र हो । त्यहाँको धर्म संस्कृतिमा अरबी संस्कृतिको प्रभाव छ । नेपालमा ५ प्रतिशतको हराहारीमा मुसलमानहरु बसोवास गर्दछन् । दक्षिण एशियाका अन्य राष्ट्रका मुसलमानहरु जस्तै नेपाली मुसलमानहरुको रहन सहन, खानपान र बोली–व्यवहारमा पनि स्थानीयताको प्रभाव देखिन्छ । हालका डेढ–दशकमा वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्यामा वृद्धि भएसँगै विदेशी संस्कृतिको प्रभाव पनि नेपालमा भित्रिएको छ ।

हालका केही वर्षहरुमा नेपाली मुसलमानहरुमा अरबी संस्कृतिको प्रभाव अवश्य पनि बढेको छ तर यसबाट नेपाल र कतरको सांस्कृतिक सम्बन्ध नै विकसित हुने वा बलियो हुने सम्भावना कमै देखिन्छ । विश्वकप फुटबल प्रतियोगितामा त्यहाँ स्टेडियमको निर्माण हुँदा केही नेपाली मजदुरहरु हताहत भएका थिए । तर त्यस वापत पिडित नेपालीका परिवारले जुन रुपमा आर्थिक सहायता पाउनुपर्ने थियो त्यति पाउन सकेनन । स्टेडियमको निर्माणमा नेपाली मजदुरहरुको परिश्रमको त कतरका अमिरले प्रशंसा गरे तर त्यसमा ज्यान गुमाउने प्रति श्रद्धान्जलि व्यक्त गरेनन् । विगतका दिनमा युद्धमा लडेर वीरगति प्राप्त गरे वापत ख्याति पाउने नेपाली युवा अचेल श्रमिकको रुपमा काम गरे वापत प्रशंसा प्राप्त गरि रहेका छन् । नेपालीहरु इन्जिनियर, ठेकेदार, पविधिक, आईटीविज्ञ र म्यानेजमेन्ट विज्ञको रुपमा कतरको अमिरवाट प्रशंसा प्राप्त गरेका भए त्यो हाम्रो निम्ति गर्वको विषय हुने थियो ।

समझदारीको दोश्रो बुँदामा राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच समाचार आदान प्रदान तथा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको उल्लेख छ । यस सम्झौताको पनि कुनै तात्विक महत्व छैन । त्यसै गरि नेपाल सरकार र कतार राज्यको सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएका छन् । यस सम्झौता अन्तर्गत केही नेपाली विद्यार्थीहरु कतरमा निःशुल्क पढन छात्रवृतिसम्म पाउन सक्लान तर यसवाट नेपालको शिक्षा र वैज्ञानिक शिक्षा प्रणालीको कही कतै प्रशंसा भईरहेको पाईएको छैन । नेपालमा पनि अब शिक्षाको राम्रो गुणस्तरीय सुविधा र व्यवस्था छ ।

त्यस बाहेक नेपाली विद्यार्थीहरुको दोश्रो रोजाई भारतका विभिन्न शहरहरु र शैक्षिक हबहरु रहेका छन् । वर्षेनि सैकडौं नेपाली छात्र–छात्राहरु चीन पनि गई रहेका छन् । त्यसैगरि अष्ट्रेलिया, न्युजिलैण्ड, अमेरिका, क्यानाडा, ब्रिटेन र युरोपेली संघका अन्य राष्ट्रहरुमा पनि नेपाली विद्यार्थीहरु पढन चाहेका देखिन्छन् । कतर पनि कसैको रोजाई हुन सक्ला ? भन्ने यकिन गर्न गाह्रो भईरहेको छ ।

समझदारीको चौथो बुँदामा, नेपाल सरकार र कतार सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोग गर्ने कुरामा सहमति भएको छ, यस समझौताको पनि खासै महत्व छैन । नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालय वीच सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएका छन् । यसवाट वैदेशिक रोजगारमा कतर गएका नेपाली श्रमिकहरुको सामु उत्पन्न हुने कानूनी अप्ठयारो समाधान गर्नमा केहीहरु सम्म मदत मिल्न सक्नेछ । समझदारीको छैठौं बुँदामा नेपाल सरकारको परराष्ट्र मन्त्रालय अध्ययन संस्थान (आईएफए) र कतारको परराष्ट्र मन्त्रालयको कुटनीतिक संस्थान बीच कुटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोग सम्बन्धी कुरा उल्लेख भएका छन् । यो एउटा कुटनीतिक सम्बन्धको परिभाषा र व्यवहार भित्र आउने विषय हुन ।

समझदारीको बुँदा सातमा कतार चेम्वर र नेपाल उद्योग वाणिज्य महासंघ बीच संयुक्त व्यापार परिषद (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता र बुँदा नम्वर आठमा, कतार चेम्वर र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रको नवीकरण गर्ने विषयमा सम्झौता भएका छन् । उपरोक्त दुई सम्झौताको पनि खासै महत्व छैन किनभने नेपाल र कतारवीचको दुई पक्षीय व्यापार नगन्य जस्तै छ । भारत र चीन जस्ता दुई ठुला देशको बीचमा अवस्थित नेपालले अमेरिकासितको सम्बन्ध विकसित गर्न एक हजार पटक सोच विचार गरिरहेको अवस्थामा कतरसित सम्बन्ध विकसित गरेर के उपलब्धि हासिल गर्न सक्ने हो, बुझन सकिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र कतरका अमिरबीच भएको दुई पक्षीय भेटवार्ता पनि ज्यादै संक्षिप्त भयो । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले कतारको लगानी गर्न सक्ने हैसियत विस्तार हुँदै गईरहेको भन्दै उनले नेपालमा पनि लगानी गर्न आग्रह गरे । नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै कतारलाई भौतिक पूर्वाधार, विद्युत, कृषि र शिक्षा सम्बन्धी लगायतकाका क्षेत्रहरुमा लगानी गर्न पनि प्रचण्डले आग्रह गरे । कतरका अमिरले तत्कालै नेपालको आर्थिक विकासमा सहयोग गर्ने गरी कुनै अनुदान राशीको घोषणा गरेनन् । नेपाल सरकारले प्राथमिकतामा राखेको तथा नेपाल सरकारको आग्रह अनुसारको आयोजनामा मात्रै कतरले लगानी गर्ने अपेक्षा रहेका छ । कुनै संस्था अथवा व्यक्तिको आग्रहमा गरिएको लगानीबाट देशलाई लाभ भईरहेको हुँदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतरका अमिरसँगको भेटमा हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाईका पहल गर्न आग्रह गरे । कतरका अमिरले सकारात्मक जवाफ त दिएका छन्, तर यसको परिणाम हेर्न बाँकी छ । विगतका दिनमा कतर सरकारले भारतका नौजना पूर्व भारतीय अधिकारीलाई पक्राउ गरी मृत्यु दण्डकै फैसला सुनाएको थियो, तर पछि उनीहरुलाई सकुशल रिहा नै गरि दियो । कतारका अमिरको प्रभाव हमासका लडाकु माथि रहेको मानिन्छ । हमास र इजरायलबीच मध्यस्थताको भूमिकामा रहेको कतारले यस अघि पनि विपिन जोसीको रिहाईका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ । यस सम्बन्धमा राष्ट्रपति कार्यालयवाट पनि विगतमा पत्राचार नभएको होइन तर कार्यान्वयनमा यो आएन ।

इस्लाम धर्मावलम्वी राष्ट्र भएका कारण कतारमा कानुन कार्यान्वयनमा विशेष कडाई गरिन्छ । यस कारण केही निर्दोष नेपालीहरु त्यहाँको कठोर कानूनको फन्दामा परेका छन् । जेल पर्नेहरुको संख्या धेरै छ । इजरायल र हमास युद्धमा पनि धेरै नेपाली मारिएका छन् । कतार हमासप्रति उदार देखिन्छ । लगानी सहकार्यको अर्थ बुझिएन ? नेपालले कतारमा के लगानी गर्ने ? कतरका अमिरको नेपाल भ्रमणवाट उपलब्धि देखिएन ।

प्रतिक्रिया