ग्राहकलाई रिझाउँदै सुन्दर कालिगण्डकी रोधी घर

काठमाडौं । कलाकार उत्पादन र व्यवसायिकरणका लागि सञ्चालन गरिएको ‘सुन्दर कालीगण्डकी रोधी घर’ ले ग्राहकलाई रिझाउँदै अघि बढेको छ । विगत लामो समयेदेखि काठमाडौं महानगरपालिका– २६ गोंगबुस्थित विरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालनमा रहेको उक्त सुन्दर कालीगण्डकी रोधी घर भवन निर्माणको क्रममा बन्द गरिएको थियो ।

हाल गुणस्तरीय भवन निर्माण सम्पन्न भएपछि उक्त रोधी घर गत पुस महिनाबाट पुनः सोही स्थानमा सञ्चालन भएर ग्रहाकलाई रिझाउँदै धेरै कलाकार उत्पादनसँगै व्यवसायमा समेत उत्साहजनक रहेको रोधी घर सञ्चाकिा सरिता ढकालले जानकारी दिइन् । त्यसैगरी रोधी घरका व्यवस्थापक टिकानाथ रिजालले ग्राहकहरुलाई विशेष सेवा–सुविधाको प्रबन्ध मिलाइएको बताए ।

उनका अनुसार भवनको पहिलो तलामा रोधी घर रहेको छ । नयाँ ग्राहकहरुले पहिचान गर्न पनि सहज हुने स्थानमा रोधी घर रहेकाले भरपूर्ण मनोरञ्जन लिन सक्ने उनले बताए । हाल उक्त रोधी घरमा कलाकारहरु टिका पुन, पार्वती परियार, सिता पन्थी, क्षितिज गुरुङ, लिला पुन सुस्मिता मगर, रेशम चिदीलगायत कार्यरत छन् भने सर्बिसमा वर्षा लिम्बू, सानु लामा, रिता क्षेत्री, सोनु घर्ती तथा सुरक्षा गार्डका रुपमा कृष्णप्रसाद पौडेल छन् ।

त्यसैगरी आशा परियार म्यानेजरका रुपमा कार्यरत छन् । वाद्यवादनदेखि नाचगान र गायनसम्म मिलन थापाले लिड गरिरहेको रोधी घरका व्यवस्थापक टिकानाथ रिजालले बताए ।

उक्त रोधी घरलाई यहाँसम्म ल्याइपुर्याउन धेरै लामो समयदेखि गीत संगीतमा क्रियासील थापाको मुख्य भूमिका रहेको रिजालले बताए । मिलनले आगामी दिनमा रोधी घरलाई थप सशक्त बनाउनेमा आफू विश्वस्त रहेको व्यवस्थापक रिजालले बताए ।

प्रतिक्रिया