बझाङमा कांग्रेसका सिंहको अग्रता कायमै, पछ्याउँदै एमालेका भण्डारी

बझाङ । बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । प्राप्त परिणाम अनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६२६ मत प्राप्त गरेका छन् ।

एमालेका दमनबहादुर भण्डारीले आठ हजार ३९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार १५३ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार २८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।

प्रतिक्रिया