एनआइसीको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया

काठमाडौँ । एनआइसी एसिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियासँग बैंकका विभिन्न शाखाहरू, विभागहरू एवं इकोसिस्टमहरूमा काम गरी २० वर्षभन्दा लामो अनुभव छ । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रूपमा नियुक्त भएका थिए ।

प्रतिक्रिया